arrow

सम्बन्धमा छाएको अविश्वासको बादल हटेको छः जोली

logo
प्रकाशित २०७२ फागुन ९ आइतबार
bijaya-jolly.jpg.jpeg
काठमाडौ । भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले दुई मुलुकको सम्बन्धमा छाएको अविश्वासको कालो बादल हटेको दावी गरेका छन । अस्वस्थ्य भएर नयाँ दिल्ली स्थितर अनुपम गार्डेन सैनिक फार्ममा रहेको निवासमा पत्रकार ऋषि धमलासँगको भेटवार्तामा उनले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणबाट आफू खुसी भएको भन्दै यसले नेपाल भारत सम्बन्ध सुमधुर बनाएको बताए । 
 
उनले भने,‘ म नेपालका प्रधानमन्त्री ओलीजीको प्रसंसा गर्न चाहन्छु । उहाँले सम्बन्ध राम्रो बनाउन भूमिका खेल्नु भयो । उहाँको भ्रमण सफल भएको छ । भ्रमणबाट कालोबादल फाटेको छ । खुला आकास जस्तो भएको छ ।’ जोलीले  नाकाबन्दी जस्तो कुराहरु कसैले पनि सोच्न नहुने भन्दै अब नेपालको प्रगति हुनु पर्ने र त्यसमा भारतको सहयोग रहने विश्वास ब्यक्त गरे । 
 
उनले केही दिन अघि नेपाली काग्रेसका दिवंगत सभापति सुशील कोइरालाले आफूलाई टेलिफोन गरेर पार्टीको महाधिवेशनमा आउन निम्तो दिएको उल्लेख गर्दै त्यसअघि नै उहाँको निधन भएको प्रति दुख ब्यक्त गरे । उनले काग्रेसलाई महाधिवेशनको सफलताको सुभकामना समेत दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ