arrow

जनसम्पर्क समिति अमेरिकाले तोक्यो काँग्रेस महाधिवेशन प्रतिनिधि

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
congress.jpg.jpeg.jpeg
अमेरिका। नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली काँग्रेसको महाधिवेशनको लागि सातजना महाधिवेशन प्रतिनिधि तोकेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट २०७२ फागुन ३ गतेका मितिमा प्रेषित पत्र र नेपाली जनसम्पर्क समिति अमेरिकाको विद्यमान विधानको दफा २३ (एफ) मा उल्लेख भए अनुसार मातृपार्टी नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति,अमेरिकाबाट प्रतिनिधित्व गर्ने सात जना महाधिवेशन प्रतिनिधि र सातजना महाधिवेशन प्रतिनिधि मध्येबाट तीन जना महासमिति सदस्य समेत सर्वसम्मत रुपमा चयन गरिएको हो।
 
महाधिवेशन प्रतिनिधि चयन गर्ने क्रममा गठित समितिले अमेरिकामा रहेका समितिका सबै च्याप्टर सभापतिहरु, केन्द्रीय सल्लाहकारहरु र केन्द्रीय समितिमा पूर्ण प्रजातान्त्रिक प्रक्रिया अनुरुप छलफल र परामर्श गरेर निर्णय भएको बताइएको छ। अमेरिकामा रहेका नेपाली कांग्रेसप्रति निष्ठावान अन्य अग्रज व्यक्तित्वहरुसंग समेत आन्तरिक छलफल र सरसल्लाह गरी समितिका संयोजक-आनन्द विष्टसहित सदस्यहरु विष्णु सुवेदी, केशव बराल, मुकुन्द ढुंगाना र हरिनारायण सापकोटाको प्रत्यक्ष उपस्थितिमा यही फेब्रुअरी १९ तारिख बैठक बसी सर्वसम्मत रुपमा निर्णय गरिएको समितिले जनाएको छ।
 
नेपाली जनसम्पर्क समिति, अमेरिकाले १३ औं महाधिवेशनका लागि चयन गरेका सात जना प्रतिनिधिहरुमा गोरख (आनन्द) विष्ट, विष्णु सुवेदी, वेदप्रसाद खरेल, विद्यासागर योञ्जन, माया कडायत, हेमराज भट्ट, प्रमोद सिटौला छन्। सातजना महाधिवेशन प्रतिनिधि मध्येबाट गोरख (आनन्द) विष्ट, विष्णु सुवेदी र वेदप्रसाद खरेल महासमिति सदस्यमा चयन गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ