arrow

भारतमा अधिकारको आन्दोलनमा बल प्रयोग, १९ को मृत्यु

विश्वविद्यालयमा अध्ययन गर्न ‘जाट एग्रिकल्चरल कम्युनिटी’ ले थप कोटा छुट्याउनुपर्ने भन्दै आन्दोलन सुरु गरेका हुन् ।

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
india.jpg.jpeg
नयाँ दिल्ली। उत्तरी भारतीय राज्यमा जारी रहेको जातीय प्रतिनिधित्व तथा आरक्षण विषयको आन्दोलनले हिंसात्मक रुप लिनपुग्दा त्यसमा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । 
 
भारतको सरकारले जातीय उत्थानका लागि पिछडिएका जाति तथा समुदायलाई थप सहुलियत कोटा दिनुपर्ने मागसहित सो आन्दोलन केही दिनमात्र अघिदेखि सुरु भएको थियो । उक्त आन्दोलनमा परी आइतबारसम्ममा १९ को ज्यान गएको अधिकारीहरुले जनाएका छन् । 
हाल सरकारले दिँदै आएको आरक्षण सुविधामा वृद्धि गर्न दबाब सिर्जनाका लागि गरिएको आन्दोलनले हिंसात्मक रूप लिएपछि शुक्रबार एक जना आन्दोलनकारीको मृत्यु भएको थियो । सो हिंसापछि पुनः आन्दोलन चर्किएको छ । 
 
हरियाणा राज्यमा आफूहरूलाई सरकारद्वारा उपलब्ध गराउँदै आएको रोजगारी र विश्वविद्यालयमा अध्ययन गर्न ‘जाट एग्रिकल्चरल कम्युनिटी’ ले थप कोटा छुट्याउनुपर्ने भन्दै आन्दोलन सुरु गरेका हुन् । हरियाणाका एकजना प्रहरी अधिकारीले हिंसात्म आन्दोलनमा परी १९ को ज्यान गएको र अरु २०० जना विद्यार्थी तथा प्रदर्शनकारी नागरिक घाएते भएका जानकारी दिएका छन् । 
 
हरियाणा राज्यका अतिरिक्त प्रमुख सचिव पि के दासले सो जानकारी दिएका हुन् । उनले आन्दोलन सोमबार पनि सुरु भएको भन्दै आइतबार रातिसम्ममा १९ को ज्यान गएको पुष्टि गरेका हुन् । सोही कारण राज्यका विभिन्न जिल्लामा कफ्र्यु आदेश जारी गरिएको र सोमबार पनि आन्दोलन हिंसात्मक भएमा थप जिल्लामा कफ्र्यु आदेश जारी गरिने पनि जनाएका छन् । 
 
प्रहरी अधिकारी सौरभ सिंहले आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुढा तथा गोली चलाउन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन चलाइएको जवाफी कारबाहीका क्रममा नै नागरिकको मृत्यु भएको बताएका छन् । आन्दोलनले व्यापक रूप लिन थालेपछि प्रान्तीय राज्यका अधिकारीले अर्धसैन्य बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिन निर्देशन दिएपछि सुरक्षाकर्मीले आन्दोलनविरुद्ध बल प्रयोग गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ