arrow

हिम्मतवाला बन्दै रेखाको पूर्व हिरो सुदर्शन, क्यानाडा र अमेरिकामा छायांकन

फिल्मलाई पुराना अभिनेता ईश्वर थापा र अर्का पुराना निर्देशक एवं कलाकार हरी शिवाकोटीले मिलेर निर्माण गर्नेछन् ।

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
sudar.jpg.jpeg
काठमाडौं । रेखा थापाको फिल्म ‘हिम्मतवाली’ मार्फत अभिनयमा डेब्यु गरेका नायक सुदर्शन गौतम फेरी दर्शकमाझ आउने भएका छन् । क्यानडा र अमेरिकामा छायांकन हुने उक्त फिल्मको नाम ‘हिम्मतवाला’ राखिएको छ । फिल्मलाई पुराना अभिनेता ईश्वर थापा र अर्का पुराना निर्देशक एवं कलाकार हरी शिवाकोटीले मिलेर निर्माण गर्नेछन् । 

समाचार अनुसार उक्त फिल्म ईश्वर थापाले निर्देशन गर्नेछन् । फिल्ममा नायक सुदर्शन गौतम मुख्य भुमिकामा देखिने पक्का भइसकेको छ भने फिल्मको लागि हाल नायिकाको खोजी भइरहेको र केहि दिन भित्रै नायिकाको पनि छनोट हुने निर्माता मध्यका एक हरी शिवाकोटीले जानकारी दिए । 

मार्चको दोस्रो हप्ताबाट छायांकन सुरु हुने तयारीमा रहेको यो फिल्ममा खलनायक पुष्कर भट्ट पनि मुख्य भुमिकामा देखिदैंछन् । हाल पुष्कर यहि फिल्मको शिलशिलामा क्यानडामा छन् भने चाँडै उनी अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 

पुष्करका अनुसार फिल्मको विषयमा केहि दिन भित्रै औपचारिक जानकारी दिने तयारीमा निर्माण यूनिट रहेको छ । पारिवारिक कथामा एक्शन तथा पूर्ण कमर्सियल फिल्म बन्ने भट्टले खुलाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ