arrow

आईएसद्वारा अपहृत ४० जना क्रिश्चियन धर्मावलम्बी सिरियामा रिहा

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
is.jpg.jpeg
बेरुत (लेबनान)। एक वर्ष पहिले फिरौतीको रकम दाबी गर्दै आईएस समूहले सिरियाबाट अपहरण गरी लगेका २३० जनामध्ये रिहा हुन बाँकी ४० सिरियाली असिरियन क्रिश्चियन दशौँ लाख अमेरिकी डलर बराबरको फिरौती रकम बुझाएपछि रिहा भएको असिरियन डेमोक्रेटिक अर्गनाइजेसनले जनाएको छ । असिरियन डेमोक्रेटिक अर्गनाइजेसन युनान तालियाका अनुसार सन् २०१५ को फेबु्रअरीमा आईएस लडाकूले असिरियनसलाई अपहरण गरी लगेका थिए । 
 
उनीहरुले रिहाईका लागि एक करोड ८० लाख अमेरिकी डलर बराबर फिरौती रकम बुझाएपछि अपहृत ४० जनालाई सोमबार बिहानै सिरियाको एक ग्रामीण इलाकाबाट रिहा गरिएको र उनीहरु सोमबार नै आफ्नो गाउँ तालतामरतिर लागेको बताइएको छ । अपहृतमध्ये धेरै जनालाई यसअघि नै छोडिएको थियो । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ