arrow

नयाँ दिल्लीमा पानी आपूर्तिका लागि अझ १५ दिन लाग्ने

logo
प्रकाशित २०७२ फागुन ११ मंगलबार
WATER-CRISIS.jpg.jpeg
नयाँ दिल्ली । नयाँ दिल्लीमा पानी आर्पूतिका लागि अरु दुई हप्तालाग्न सक्ने अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार आन्दोलनकारीहरुले आफ्ना माग पूरा गराउनका लागि नयाँ दिल्लीमा आपूर्ति गरिएको पानीको स्रोतमा नै अवरोध पुर्‍याएकोले यसका लागि थप १५ दिनसम्म लाग्नसक्ने अनुमान गरेका हुन् । नयाँ दिल्लीमा विभिन्न जाती र समुदायका नागरिकले सरकारी सेवा र अध्ययनका लागि थप आरक्षणको मागगर्दै जारी राखेको आन्दोलनका क्रममा पानीको आपूर्तिमार्गमा नै अवरोध पुर्‍याएका थिए । 
 
आन्दोलनकारीहरुले दिल्लीका कम्तीमा पनि एक करोड ७० लाख नागरिकका लागि आपूर्ति गरिएको पानीको मुहान नै बन्द गराइदिएका थिए । दिल्लीको पानी आपूर्तिसम्बन्धी कार्यालयका एकजना अधिकारी निरज सेवमानले भने– आंशिक सेवा त हामीले एक दुई दिनमा नै सुचारु गर्नेछौँ तर पूरै सेवा सुचारु गर्नका लागि भने कम्तीमा पनि दुई हप्ता लाग्नेछ । आन्दोलनकारीहरुले भने सोमबार हरियाणाको राज्य सरकारसँग सम्झौता गरेका छन् । तर पनि आपूर्ति सेवाको मुहानमा नै उनीहरुले पुर्‍याएको अवरोधका कारण पानीको आपूर्तिमा क्षति पुगेको हो । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ