arrow

एसएसपी खनाल चुकेको त्यो ‘चरेस गिरोह’

‘यसरी हुन्छ उपत्यकामा चरेस कारोबार ?

logo
अपराध ब्यूरो,
प्रकाशित २०७२ फागुन ११ मंगलबार
sarbendra-khanal-Capture.PNG.png
काठमाडौं । उपत्यका अपराध अनुसन्धान महाशाखा प्रमुख एवं एसएसपी सर्वेन्द्र खनाल काठमाडौं उपत्यकामा लागु औषध र चरेसको कारोबार बढेको स्वीकार गर्दैनन् । खनाल भन्छन्, ‘कारोबारीको संख्या र समस्या बढेको होइन, नियन्त्रण बढेको हो ।’ हामीले विभिन्न ठाउँमा निगरानी बढाएका छौं । 
 
तर, केही दिन अघि खनालले पाएको सुचना पछ्याए पनि उपलब्धि हात पार्न सकेनन् । खनालले भने, ‘मैले खोजीका लागि टोली पठाएको थिए, टोली पुग्दासम्म ती व्यक्ति हिडिसकेका थिए होलान्, भेटिएनन् ।’चावहिलबाट कोचाकोचबीच होचो माइक्रोमा छिरियो । बौद्ध, जोरपाटी, नयाँबानेश्वर चल्ने माइक्रोको अन्तिम सिटमा आँखासम्म आउने मैलो कपाल, थोरै कालो दाह्री, सादा तर ठूलो चस्मा लगाएका एक युवा मोवाइलमा कुरा गर्दै थिए । 
 
माइक्रोमा भीड हुनाले उनको टेलिफोन सम्वाद मात्रै सुनियो । अनुहार राम्ररी देख्न पाइएन । तस्वीर खिच्नु त कोचाकोचमा झन् सम्भव थिएन । मात्र आश्चर्य यति हो की उनी सम्वाद गर्दै थिए, माइक्रोका सबै यात्रुको ध्यान उनको सम्वादले खिच्यो । सवै आश्चर्य र अफ्ठ्यारो मान्दै हेरिरहे । उनले कुनै अफ्ठयारो नमानी सम्वाद गरीरहे । एकोहोरो उनको सम्वाद सुन्दा माइक्रोका सवै यात्रु झस्किए । ता कि उनी एक ठूलै आपराधिक गिरोहका नाइके हुन् । 
 
उनले टेलिफोनमा तिमी कहाँ नेर छौं ? कहिले आ को.............नाइट बसमा की ? अनि कुन् बैंकबाट पैसा झिक्ने । कति ल्याएको छौ माल ? चरेस कि गाँजा ? कति किलो छ ? कति बोरामा छ । म केही बेरमा आउँदै छु । म सरलाई फोन गरेर गाडी पठाउन लगाउँछु । तिमी त्यहीँ नेर बसि राख है । 
लगत्तै ती युवाले फोन सम्वाद फेरे । सर कहाँ हुनु हुन्छ ? त्यो अस्तिको केटाले माल ल्याको रैछ । गाडी पठाईदिनु,,,,, तीन चार जना केटाहरुलाई युनिफर्ममा पठाईदिनु,,,,,,, नभए तपाई नै गाडी ल्याएर आउनुस् । म पनि आउँदै छु । माल ल्याउने केटा सिनामंगलको भत्केको पुलभन्दा सय मिटर (पुरानो बानेश्वर) तर्फ बसिराखेको छ । फोन विच्छेद भयो । फेरि ठुलो स्वरमा पैंसा पनि ल्याएर आउनु होला सर,,,, अरु सामानपनि लिनु छ । अस्तिको मालको पनि पैंसा दिनुछ । म एकै छिनमा आइपुगे ! पुरानो बानेश्वर चोकमा ओर्लदाँ माइक्रोका चालक सहयोगीलाई पछाडी हात गर्दै भाडा दिएर उनी सिनामङ्गल तिर लागे ।
 
कसैले आफुलाई हेरिरेका छन् या छैनन् उनले छड्के आँखाले हेरे । हातमा कपडा राख्ने मैलो फेन्सी झोला च्यापेका उनले खुट्टामा मैलो फित्ते चप्पल लगाएका थिए । लुगा समेत मैलो नै थियो । उनी अश्वभाविक ‘झुत्रे’ थिए । तर, कुरा भने, कडिकडाउ,,,,,,,कडक । उनी झरेपछि बल्ल सिट पाइयो । नजिकै बसेकी एक दिदिले कुरा झिकिन् । यस्ताले हाम्रा केटा केटीहरुलाई कति बर्बाद पारेका होलान्–प्रहरीले पक्राउ गर्दैन । ती युवा झरेका मात्रै थिए ।
 
एसएसपी सर्वेन्द्र खनाललाई जानकारी दिँए । खनालले हाम्रो नजिकै विट छ । म प्रयास गर्छु भने । पुरानो वानेश्वर चोकबाट भत्केको पुल पुग्न पैदल कम्तिमा पनि १० मिनेट लाग्दछ ।  त्यसपछी घटनाबारे खनालसंग कुरा भएन । मंगलबार भोटेवहालमा लागु औषध र चरेससहित ४ केटा २ केटी पक्राउ परे । तर, बोराको कुरा गर्ने ती युवाबारे खनालले केही पत्तो लगाउन सकेका रहेनछन् । उनले अब यस्तो मौका नगुमाउने बताए ।       
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ