arrow

वृद्धाहरुसँग नेताले मनाए जन्मदिन

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
826291540.jpeg
काठमाडौ । नेपाली कांग्रेसका केन्द्री सदस्य एवं सभाषद धनराज गुरुङले गत शनिबार आफ्नो पचासौं जन्मदिन ललितपुरको एक वृद्धाश्रमका वृद्धामाझ मनाएका छन् । 

जन्मदिनमा गरिने फजुल खर्च र खानपिनको संस्कार बदल्नुपर्छ भन्ने मान्यताका गुरुङले खुमलटारमा रहेको मञ्जुश्री बृद्धा आश्रमका १२ जना वयोवृद्ध महिलाहरुमाँझ गुरुङले आफ्नो जन्मदिनको केक काटेका थिए । अशक्त बृद्धाहरुलाई जाडोमा उपयोगी हुने भन्दै न्यायो पछ्यौरा वितरण गरे । उनीहरुसंगै बसेर केही बेर भलाकुसारी गरे अनि आशीर्वाद ग्रहण गरे । 

वृद्धाहरुसंग जन्मदिन मनाउँदा प्रफुल्ल देखिएका गुरुङले संसारमा सबैभन्दा ठूलो आमा हुने भएकाले वृद्धाश्रममा रहेका आमाहरुसंग जन्मदिन मनाएको बताए । ‘आमा भन्दा ठूलो कोही हुदैन । जन्मदिने आमासंग टेलिफोनमै आशीर्वाद लिए  अनि वृद्धाश्रमका आमाहरुसंग बसेर जन्मदिन मनाए ।’, गुरुङले भने । अघिल्ला वर्षहरुमा पनि आफूले अशक्त वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुसंग जन्मदिन मनाउने गरेको उनले बताए । वृद्धाश्रमका सबै १२ जनालाई उनले न्यायो पछ्यौरासंगै बिस्कुटलगायतका खानेकुरा पनि वितरण गरे । ‘जाडोको बेला आमालाई पछ्यौराले न्यानो देओस् भनेर पछ्यौरा दिएको हुँ ।’, उनले थपे, ‘सबैले आफूले सकेजति अशक्त, असहायहरुलाई सहयोग गर्ने संस्कार बसाउन सकियो भने कोही दुखी हुनुपर्दैन । ’

सो आश्रममा विगत २० वर्षदेखि नै अशक्त वृद्धाहरु बस्दै आएका छन् । १२ जना मध्ये हाल २ जना बिरामीले  थलिएका छन् । वृद्धाश्रममा २० वर्षदेखी बस्दै आएकी ९६ वर्षीया ठूलीले आफूहरुसंग जन्मदिन मनाएकोमा गुरुङलाई धन्यवाद र आशीष दिइन् । आफ्ना छोराछोरीले दुख दिएपनि गुरुङले आमाझै सम्मान दिएकोमा आफूहरु खुसी भएको त्यहाका वृद्धाहरुले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ