arrow

महावीर पुनले भने, ' कर्मचारीको लापरवाहीका कारण हवाई दुर्घटना '

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
tara-air.jpg.jpeg
काठमाडौं। म्यागासेसे पुरस्कार विजेता तथा समाजसेवी महावीर पुनले कर्मचारीहरुको लापरवाही र निस्कृयताको कारण पनि जोमसोम जाँदै गरेको जहाज दुर्घटनामा परेको बताएका छन्। तारा एयरको जहाज दुर्घटनामा परेपछि फेसबुकमा पुनले पोखरा र जोमसोम हवाई टावरको कर्मचारीहरुको लापरबाही र निस्कृयताको उदाहरण दिदै उनीहरुको कारण पनि दुर्घटना भएको बताएका छन्। 
 
उनले फेसबुकमा लेखेका छनः 'हामीले Nepal Wireless मार्फत सन २०१० मा मुस्ताङगको लेते नजिकैको लार्क्यु डाँडा र म्याग्दीको खोप्रा डाँडामा Vaishali भन्ने बिश्व प्रख्यात weather station र IP camera हरु हवाईजहाजहरुको लागि मदत होस् भनेर जडान गरेको थियौं। ति उपकरणहरु बाट इन्टरनेट मार्फत फ्लाईट रुटको real time video र weather information लिन सकिन्थ्यो। त्यसको लागि AIT Bangkok र ACAP बाट आर्थिक सहयोग जुटाइएको थियो र नागरिक उड्डयन प्राधिकरणको एक पैसा पनि परेको थिएन। ति उपकरणहरु चलाउनुस भनेर जोमसोम र पोखरा एयरपोर्टमा गएर सिकाइ दिएको पनि थियो। तर त्यसको उपयोग गरेनन। तीन बर्ष पछि ति उपकरणहरुले सम्भार नभएर काम गर्न छोडे। ति उपकरणहरु उपयोग गरे बापत कुनै शुल्क लगाइएको थिएन।
 
अहिले पनि म्याग्दीको मोहरे डाँडामा दुई ओटा IP camera हरु छन् र एउटा weather station छ। सो क्यामेराहरु र weather station हवाईजहाजहरुको लागि नै भनेर राखिएको हो। मैले पोखरा विमानस्थलमा गएर ति क्यामेराहरुको IP address र weather station को लिंक पनि दिएकै हो। तर त्यसको उपयोग गरेको जस्तो लागेको छैन। मैले त्यो सुबिधा फ्रीमा उपलब्ध गराएको हो। नपत्याए हेर्नुहोस्। एउटा क्यामेराको IP 202.166.211.43, user - admin, password qwert12345 हो। weather station को लिंक http://legacy.weather.weatherbug.com/…/OnlineWeatherCenter.… हो। केहि कुरा भए mahabir@himanchal,org मा लेख्नु होला। नोट: क्यामेरा लाई Mozilla Firefox बाट खोल्नु होला. Chrome बाट खुल्दैन।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ