arrow

भारतले ११ पाकिस्तानी आतङ्ककारीको नाम राष्ट्रसंघलाई बुझायो

logo
प्रकाशित २०७२ फागुन १३ बिहिबार
un-india.jpg.jpeg
नयाँ दिल्ली। भारतले ११ जना पाकिस्तानी आतङ्ककारीको नाम संयुक्त राष्ट्रसंघलाई दिएको जनाएको छ । भारतमा आतङ्ककारी क्रियाकलापमा सम्लग्न रहेको भन्ने आरोपमा उसले ती नामहरु संयुक्त राष्ट्रसंघसमक्ष प्रस्तुत गरेको जनाइएको हो । 
 
भारतमा आतङ्ककारी क्रियाकलापमा सम्लग्न ती आतङ्ककारीको नाम संयुक्त राष्ट्रसंघसमक्ष दिइएको जानकारी भारतीय विदेशमन्त्री शुष्मा स्वराजले जानकारी बताइन् । बुधबार भारतीय संसदको अधिवेशनलाई सम्बोधन गर्दै ती व्यक्तिको नाम राष्ट्रसंघसमक्ष दिइएको जानकारी स्वराजले गराएकि हुन् ।
 
साथै विदेशमन्त्री  स्वराजलेले सो सम्बोधनका क्रममा विभिन्न ४० देशसँग भारतको सुपुर्दगी सन्धी भएको र अरु करिब १० वटा देशसँग यससम्बन्धी सम्झौता भएर कार्यान्वयनमा रहेको बताइन् । 
 
अपराधकर्ममा सम्लग्न व्यक्तिहरुलाई आफ्नो देशमा ल्याउनका लागि जतिसक्दो धेरै भन्दा धेरै देशसँग भारतले यस्तो सन्धी तथा समझ्दारी गर्ने नीति लिएको स्वराजको भनाइ थियो ।
 
भारत सरकारका तर्फबाट राष्ट्रसंघलाई दिइएका ती नामहरु को को हुन् भन्ने बारेमा भने उहाँले कुनै जानकारी नदिनुभएको बताइएको छ । यस विषयमा पाकिस्तानी पक्षको कुनै प्रतिक्रिया आएको छैन । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ