arrow

रुकुममा यातायात ब्यावसायी विच झडप,यातायात ठप्प

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1898254433.jpeg
रुकुम। रुकुममा यातायात ब्यावसायीहरु विच दोहोरो झडप भएको छ । सिस्ने हिमाल बस तथा मिनिबस समिति रुकुम र रुकुम यातायात प्राली विच गाडी संचालनको विषयमा झडप भएको हो । झडपमा दुइ दर्जन जति दुवै पक्षका घाइते भएका छन । झडपमा गम्भिर घाइते सिस्ने हिमाल समितिका कर्माचारी तिलक रेउलेको जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भैरहेको प्रहरी निरिक्षक दिपक मगराठीले जानकारी दिनु भयो । निरिक्षक मगराठीका अनुसार झडपमा  करिव आधा दर्जन जति साना ठुला सवारी साधनमा समेत क्षति पुगेको छ । दोहोरो झडपमा तिन जना प्रहरी समेत घाइते भएको प्रहरीले जनाएको छ । रुकुम प्राली  दर्ता गरेर साना किया गाडीहरु संचालन गर्न थालेपछि सिस्ने हिमाल बसको स्टेशन नजिक झडप भएको हो  । 
 
दुवै पक्षका युवाहरु विच दोहोरो हानाहान भएपछि प्रहरीले केही समय लाठी चार्ज समेत गरेको थियो ।  साथै प्रहरीले सिस्ने हिमाल बस समितिको कार्यालय बाट समितिका अध्यक्ष महेन्द्र बुढा, कोषाध्यक्ष दिलिप थापा,कार्यालय प्रमुख सुधन श्रेष्ठ,कर्माचारीहरु यौवन पुन,सम्पती बुढा,नगेन्द्र पुन लगाएतका १२ जनालाई गिरफतार गरेको समितिले जनाएको छ । समितिका बरिष्ठ उपाध्यक्ष सायधन बुढाले कार्यालयमा बसेको समयमा अध्यक्ष लगाएत कार्यालय प्रमुख सहितका ब्यक्तिहरुलाई प्रहरीले विनाकारण गिरफ्तार गरेको भन्दै त्यसको विरुद्धमा समिति द्धारा संचालन हुने सवै सवारी साधनको सेवा अनिश्चितकालका लागी बन्द गरिएको बताउनु भयो । अध्यक्ष लगाएतका टोली विनासर्त रिहाई नभए सम्म सेवा सुचारु नगरिने पनि उहाले बताउनु भयो । प्रहरीले हिरासत भित्रै समितिका पदाधिकारीहरुलाई हातपात समेत गरेको बुढाले आरोप लगाउनु भयो । 
 
यसै विच गाडीहरु माथी तोडफोड भएको विरुद्धमा सल्यान रुकुम यातायात समिति सल्यान,राप्ती अञ्चल यातायात समिति दाङले पनि रुकुममा संचालन हुने सबै बस सेवाहरु अनिश्चितकालका लागी बन्द गरिएको राप्ती समितीका डायल इन्चार्ज तथा कर्माचारी युनियन दाङका अध्यक्ष प्रकाश भट्टले जानकारी दिनु भयो । समितिका गाडीहरु माथी तोडफोड भएको हुदा सुरक्षाको अनुभुति नहुन्जेल गाडीहरु संचालन नगरिने उहाले बताउनु भयो । 
 
रुकुमबाट काठमाडौ सम्म सेवा दिने उद्देश्य एक साता अघि बाट  तिन ओटा साना क्रिया गाडीहरु रुकुम पुगेपछि यातायात ब्यावसायीहरु विच विवाद सुरु भएको हो ।  हामीले मिनि डिलक्स गाडीहरु संचालनमा ल्याउन खोज्दा अवरोध भएपछि झडप भएको रुकुम यातायात प्रालीका अध्यक्ष केशव रावलले बताउनु भयो । झडपमा आफनो तर्फ पनि दुइ दर्जन जति घाइते भएको उहाले बताउनु भयो । प्रालीले आइतबार बिहान बाट आफनो सेवा सुचारु गरेको थियो । रुकुमबाट छुटेको एउटा मिनि डिलक्स गाडी असुरक्षाका कारण रुकुम र सल्यानको सिमा क्षेत्र झुल्नेटामा रोकिएको समेत रावलले बताउनु भयो । प्रहरीले स्थितिलाई नियन्त्रण गर्न ठुलो सख्यामा प्रहरी परिचालन गरिएको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ