arrow

मधेस आन्दोलन समाधान गर्न माओवादीको माग

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
226723657.jpeg
काठमाडौँ । नेकपा–माओवादीले भारतले गरेको अघोषित नाकाबन्दी र वर्तमान राजनीतिक समस्याको समाधान गर्नुपर्नेलगायत ११ बुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार ज्ञापनपत्र बुझाएको छ । 

पार्टी अध्यक्ष मोहन वैद्यको नेतृत्वमा आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको टोलीले मधेस आन्दोलन, संविधान निर्माणमा देखिएका असन्तुष्टिलगायत मागको तत्काल सम्बोधन गर्न आग्रह गरेको छ । 

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू सँधै राष्ट्रियताका पक्षमा रहेको बताउँदै यसको समाधान चाँडो गर्ने विश्वास दिलाएको अध्यक्ष वैद्यले बताए । ज्ञापनपत्र बुझाउन माओवादीका स्थायी समिति सदस्य पम्फा भुसाल, सिपी गजुरेल, हितमान शाक्य, वसन्त सिग्देल र हरिभक्त कँडेल बालुवाटार पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ