arrow

सामुहीक प्रयासमा टीम कन्सल्ट

logo
प्रकाशित २०७२ फागुन १४ शुक्रबार
team-cons.jpg.jpeg
अस्ट्रेलिया । अस्ट्रेलियाको ब्यस्त शहर सीड्नीमा शिक्षामुलक सेवा र सुविधा प्रदान गर्ने सोचका साथ अनुभवी अनुहारहरुको सहभागितामा टीम कन्सल्टको औपचारिक सेवा प्रारम्भ भएको छ ।नेपाली युवाहरुको उत्कृष्ट रोजाइका रुपमा अस्ट्रेलिया रहेका कारण पनि शिक्षामुलक सेवा केन्द्रहरुको चाप पनि बढेको छ । यसै बिच सिड्नीको मुटु मानिने टाउनहलको पीट स्ट्रीटमा टिम कन्सल्टको कार्यालयको शुक्रबार औपचारिक उदघाटन भएको छ ।
 
 लिबरल फ्रेन्डस अफ नेपालका संयोजक श्री नापीतले एक समारोह बिच रिबन काटेर कार्याल्यको उदघाटन गरे । उनले अस्ट्रेलिया बिध्यार्थीहरुका् उत्कृष्ट गन्तब्य रहेकोले आवश्यक परामर्श र सहुलियत रुपमा सेवा सुविधा दिनु पर्ने कुरामा जोड दिए । नेपालवाट आउने नया बिध्यार्थीका लागि यहाको बाताबरण र परिवेश नौलो हुने हुनाले सोही रुपमा सर सहयोग सहितको सुविधा प्रदान गर्ने कुरामा आफु ढुक्क रहेको नापीतले बताए । 
 
कार्यक्रममा टीम कन्सल्टका बुद्धी डल्लाकोटीले आफुहरुले लामो समय भोगेको अनुभव र अनुभुती साट्न पनि टिम कन्सल्टको जन्म भएको बताए । डल्लाकोटीले अगाडि भने , बिध्यार्थीका लागि सहयोगी हातका रुपमा टीम कन्सल्टले भुमिका निर्वाह गर्ने छ । हामीले एजुकेशनसँगै ट्राभलको सेवा पनि प्रदान गर्ने सोच बनाएका छौ, उनले अगाडि भने । 
 
सिड्नीमा दुइ दशक भिन्न पेशा र ब्यवशायमा भिजेका अर्का सदस्य केशव प्रशाद सापकोटाले केहि पाउन भन्दा पनि केहि दिन सकिन्छ की भनेर टीम कन्सल्टको जन्म भएको बताए । काम गरेपछि पारश्रमीक पाउनु त स्वभाविक हो तर राम्रो र उदाहरणिय कार्य गरेर त्यस बापत पारश्रमीक लिन सकियो भने त्यो समाजिक सेवा पनि हो , केशवको तर्क थियो ।  
 
हाल काठमार्डाको बागबजारमा यसको शाखा कार्यालय रहेको र केहि पछि चितवनमा शाखा खोलिने टीम कन्सल्टका हिरा कडेंलले बताए । यो सेवा पनि हो र यसवाट राम्रो काम गरे मेवा पनि पाइन्छ , हामीले अस्ट्रेलिया छिर्ने बिध्यार्थीहरुलाई एअरपोर्ट देखि कोठा सम्म र सके काम पनि खोजदिएर प्रारम्भमा स्थायीत्व दिलाउने प्रयास गर्नेछौ , टीमकै अर्का सदस्य सत्यप्रकाश कडेल बताउछन । पहिलो कुरा बिश्वास हो  र हामी टीम कन्सल्टवाट आउने हरेक सदस्यलाई यसको काम र ब्यबहारवाट चिनाउन चाहन्छौ , सत्यले थपे ।जे होस टीम अर्थात समुहको कार्य उदाहरणिय बनोस , नेपाली बिध्यार्थीका लागि यसले कलयाणकारी कार्य गर्न सकोस ,यहि शुभकामना । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ