arrow

जनसम्पर्क अष्ट्रेलियाले छान्यो ७ जना महाधिवेशन प्रनितिधि

logo
प्रकाशित २०७२ फागुन १५ शनिबार
austrilla.jpeg.jpeg
अष्ट्रेलिया । नेपाली कांग्रेस पाटीको भातृ संगठनको रुपमा रहेको नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । २० र २१ फेब्रोरी अष्ट्रेलियाको सिड्नी शहरमा भएको तेश्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्नुका साथै अधिवेशनको उद्घाटन, बन्दसत्र लगायत पाटी सभापति स्वर्गीय सुशील कोइराला प्रति श्रद्धाञ्जली सभा समेत गरेको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यलय जनसम्पर्क बिभागले खटाएका प्रतिनिधि नेपाली जनसम्पर्क समिति मकाउका अध्यक्ष सुदर्शन थापा मगरको प्रमुख उपस्थितिमा अधिवेशन तयारी समितिले क्रियाशिल सदस्यहरु संगको सहकार्यमा निर्बाचन तथा अधिवेशन सम्पन्न गराएको हो । 
 
२० फेब्रोरीमा नै निर्बाचन समितिले निर्बाचनका प्रक्रियाहरु सम्पन्न गराएको थियो भने २१ फेब्रोअरीको कार्यक्रममा निर्बाचन प्रमुख सापकोटा र केन्द्रिय प्रतिनिधि थापा मगर ले सर्वसम्मत निर्वाचित अध्यक्ष कृष्ण गिरी लगायत १५ जनाको कार्य समितिलाई प्रमाण पत्र बितरण गर्दै सपथ खुवाउनु भएको थियो । सर्वसम्मत बनेको कार्य समितिको बरिष्ठ उपाध्यक्षमा सुरेश गुरुङ, उपाध्यक्षमा मधुकर गुरुङ, महामन्त्रिमा किरण बराल, लगायत रहेका छन् । 
 
त्यसै गरी नेपाली कांग्रेसको मार्च २०, २१, २२ र २३ मा हुन गईरहेको १३ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यहरुको ३ महासमिति सदस्य सहित ७ महाधिवेशन प्रतिनिधिहरु समेत चयन गरेको छ । जस अन्तर्रगत कृष्ण (जगनाथ) गिरी (अध्यक्ष), सुरेश गुरुङ, दीनेशराज जोशी, प्रेम सापकोटा (पदमलाल), रमेश जोशी, खगेन्द्र सिटौला (सन्तोस) र गणेश केसी रहेका छन् । 
 
केन्द्रिय प्रतिनिधि सुदर्शन थापा मगरले अष्ट्रेलियामा लामो समय देखि बिबाद भएर अधिवेशन सम्पन्न हुन सकेको छैन भन्न थाहा हुँदा हुँदै पनि आफू आएको हो, किनकी म पनि एउटा देशको जनसम्पर्क समितिको अध्यक्ष हो, त्यसअर्थमा पनि यहाँको समस्यालाई नजिक बाट बुझ्न सक्छु, जनसम्पर्क मा नेताको हस्तक्षेप र राजनीति हुँन दिनुहुँदैन आफ्नो समस्या हामी आफैले मिलाउनु पर्छ, शिर्ष नेताको आडमा नीति, नियम र प्रक्रिया मिच्नु हुँदैन भन्ने मान्यतालाई बोकेर आएको उनले बताए  । 
 
कार्यक्रममा बोल्दै नबनिर्वाचित अध्यक्ष कृष्ण गिरीले नेपाली कांग्रेस अहिले सोकमा डुबेको छ, पाटी सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको असमायीक निधनबाट नेपाली जनतामा अपूर्णिय क्षती पुगेको शेकको यस घडीमा शोक लाई शक्तिमा बदल्दै नेपाली कांग्रेस अघि बढ्नु पर्ने बताए  । गिरीले प्रवासमा भएका नेपालीहरुले अनुशासन र मर्यदाको पालन गर्दै नेपाली कांग्रेस पाटी र नेपालमा आर्थीक, शैक्षिक तथा बौद्धिक क्षेत्रमा सहयोग गर्न बढि जोड दिनुपर्ने जनाए । नेताहरुलाई बिदेश बोलाएर चाकडी गर्ने र व्यक्तिबादि राजनीतिमा बढि सक्रिय हुने भन्दा पनि प्रवासमा बसेर राजनीतिमा संलग्न हुन चाहनेहरुले नेतालाई बोलाएर यहाँको प्रविधि र बिकासको बारेमा बुझाउने, सिकाउने र राम्रो कार्य गर्न खवरदारी गर्ने तर्फ नै जोडदिनुपर्ने सुनाए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ