arrow

पर्वतिय साहसिक खेलकुद राष्ट्रिय हिरोबाट पण्डित सम्मानीत

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
856801548.jpeg
काठमाडौं। किर्तीमानी विश्व पर्वतारोही अल्ट्रा म्याराथुन धावक संजय पण्डितलाई राष्ट्रिय खेलकुद परिषद्ले पर्वतिय साहसिक खेलकुद राष्ट्रिय हिरोबाट आईतवार सम्मान गरेको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले नगद २५ हजार सहित सम्मान गरेका हुन्। 
 
सम्मान कार्यक्रममा बोल्दै सदस्य–सचिव बिष्टले पण्डित देशकै गौरव भएको बताउदै हिमाल आरोहणको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निभाएको हुनाले पर्वतिय साहसिक खेलकुद राष्ट्रिय हिरोको उपमा प्रदान गरिएको जनाए। सदस्य–सचिव बिष्टले अन्ट्राटिका महादेशको भिन्सन यात्रामा सरकार सामु सहयोगका लागि सिफासिर गर्ने प्रतिबद्ता जनाए। 
 
पण्डितले विश्वको सर्वोच्च शिखर सगरमाथा प्राणघातक हिमालको नामले चिनिने मनास्लुबाट यात्रा सुरु गरेका थिए। उनले अन्तर्राष्ट्रिय शिखरहरुमा अफ्रिकाको उच्च शिखर किलिमान्जारो, युरोपको उच्च शिखर एलबु्रस, अष्ट्रेलियाको उच्च शिखर कोजियस्को, दक्षिण अमेरिकाको उच्च शिखर गुवा, जापनका उच्च शिखर एकाङकागुवा र फुजिमा तथा अमेरिकाको उच्च शिखर डेनाली जस्ता हिमश्रृङखलामा सफलता साथ आरोहण गरि सकेका छन्। अब पण्डितले अन्ट्राटिका महादेशको भिन्सन मासिफ यसै बर्षको अन्यतिर आरोहण गर्ने लक्ष्य लिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ