arrow

चीनमा पानीजहाज दुर्घटनामा दश माझी बेपत्ता

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
chinaboat_005_h_51971392.jpg.jpeg
क्वीनदाओ (चीन) । चीनको ‘एलो सी’मा शनिबार बिहान भएको पानीजहाज दुर्घटना हुँदा जहाजमा यात्रारत १० जना समुद्रमा हराइरहेको स्थानीय प्रशासनले जनाएको छ । 
 
व्यापारिक प्रयोजनका लागि सामान लिन हिँडेको उक्त जहाज स्थानीय माझीको माछा मार्न प्रयोग गरिने डुङ्गासँग पूर्वी चीनको सानदोङ प्रान्तको चाओलिन टापु नजिकै ठक्कर खाएपछि डुङ्गामा सवार सबैजना पानीमा डुबेको क्विनदाओ प्रशासनले जनाएको छ । 
 
समुद्रमा हराइरहेका माझीहरुको खोजीका लागि उद्धार टोली घटनास्थल पुगी खोजी कार्य सुरु गरिसकेको छ । घटनाबारे छानबिन पनि सुरु भइसकेको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ