arrow

बीरगन्जको दसगजा धर्नाकारीबाट मुक्त; प्रहरीले धपायो धर्नाकारीलाई

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
285357398.jpeg
वीरगन्ज। नेपाल प्रहरीले आन्दोलनकारीले कब्जा गरेको बीरगन्जको रक्सौल नाकाको दसगजा क्षेत्रमा धर्नाकारीलाई हटाएको छ। 
 
बीरगञ्जबाट पत्रकार दिपेन्द्र चौहान भन्छन प्रहरीको टोलीले सोमबार बिहान rचार बजेतिर दशगजामा पुगेर सो क्षेत्र खाली गरेको हो। प्रहरी पुगेपछि पालमा सुतेका केहि मधेशी कार्यकर्ता उठेर प्रतिकार गर्न खोजेपनि प्रहरीले लाठीचार्ज गरेर उनीहरुलाई हटाएको थियो।
 
धर्नामा मधेशी मोर्चाका केहि कार्यकर्ता थिए। नेताहरु भने रक्सौल तथा नेपालका अन्य शहरहरुमा रहँदै आएका छन्। 
 
दशगजाबाट धर्नाकारीलाई हटाएपछि केहि दिनदेखि बीरगञ्जस्थित भारतीय बाणिज्य दुतावासमा धर्नामा रहेका भारतीय गाडीहरुलाई भने सीमा कटाइएको छ। प्रहरीले तिनलाई स्कर्टीङ गरेर सीमा नाका कटाएको थियो। 
 
प्रहरीले एकाविहानै दश गजा खाली गराएको भारतीय गाडीलाई भारत जान सजिलो बनाउनका लागि होकी साच्चिकै दशगजा खुलाउनका लागि हो प्रष्ट भएको छैन। 
 
दशगजा खाली गराउन बल प्रयो गरिएको भन्दै बीरगञ्जमा विभिन्न ठाउँमा मधेशी मोर्चाका कार्यकर्ताहरुलाई टायर बालेर प्रदर्शन गर्न थालेका छन्। 
 
डेढ महिनादेखि मधेसी मोर्चाका कार्यकर्ताले त्यहाँ बसेर धर्ना दिदै भन्सार ठप्प पारेका थिए। साथै उनीहरुले नेपाल आउने र नेपालबाट जाने सबै आयात निर्यात ठप्प पारेका थिए ।
 
दसगजामा आन्दोलन तथा धर्ना राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन तथा प्रचलन विपरीत मानिन्छ। 
 
 
 फाइल तस्विरः राम सर्राफ, द हिमालयन टाइम्स



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ