arrow

यस कारण परिवारका १४ सदस्य रेटेपछि आफु झुन्डिए

logo
प्रकाशित २०७२ फागुन १८ मंगलबार
Thane-man-butchers.jpg.jpeg
एजेन्सी ।  भारतको महाराष्ट्र राज्यमा पर्ने ठाणेमा हुसनेन वारेकरले १४ जना परिवारको हत्या गरेर आत्माहत्या गर्नुको प्रारंम्भीक कारण खुलेको छ । प्रारंम्भीक अनुसन्धान अनुसार पछील्लो केही महिना देखि वारेकर र उनको परिवारले २ करोड भारतीय रुपैया  शेयर बजारमा गमाएको थियो ।   
 
डेक्कान हेराल्डाका अनुसार पुलिसले हुसनेनको  बैक खाताको जाँच गरिरहेको छ। साथै हत्याको कारण बारे जान्न हुसनेनका अन्य परिवारको सदस्यलाई पुलिसले सोधपुछ गरिरहेको छ।  पुलिसको अनुसार 'हुसनेनको घरवाट पाँच मोबाइल फोन र एक ल्यापटप बरामद गरिएको छु'। हुसनेनका आमा-बाबु र श्रीमती उनि सँग खुशी रहेका थिएनन् । किनभने हुसनेनले  शेयरमा धेरै पैसा  गुमाएका थिए ।  उनले शेयर मार्केटमा २ करोड भारु गुमाइसकेका थिए ।  
 
यति मात्र नभएर हुसनेनलाई कासारवडवली स्थित अहिलेको घर उनका  एक जना काकाले उपहार स्वरुप दिएका थिए जो ठाणेका नाम चलेका व्यपारी हुन् । हुसनेनका छिमेकीले प्रहरीलाई दिएको जानकारी अनुसार केहि समय देखि उनि र उनको परिवार बीच सामान्य स्थिति थिएन् । उनिले शेयर मार्केटमा गरेको लागानी डुब्ने स्थितिमा पुग्यो । उनको परिवारले केही दिनयता हुसनेनको सामान्य खर्चमा पनि कटौती गरिरहेको थियो । एक छिमेकी भन्छन्  केहि दिनयता उनिहको हैरानी देखेर मैले सोध्ने प्रयास पनि गरेको थिए तर हुसनेनले केहि भन्न चाहेनन् ।
 
डीसीपी चन्दन शिवका अनुसार प्रहरीले सबै तथ्य र रेकर्ड जाँच गरिरहेको छ र प्रहरी रहस्य सम्म चाडै पुग्नेछ । डीसीपी शिवले भने 'हुसनेनको बहिनी सुबियाले प्रहरीमा दिएको उजुरीका आधारमा आईपीसीले धारा ३०२ अनुसार हत्याको मुद्दा लगाइएको छ  ' । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ