arrow

राष्ट्रिय दैनिक तथा साप्ताहिक पत्रिका नआएपछि पाठकलाई समस्या

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
730809570.jpeg
सप्तरी। मधेसी मोर्चाको लगातार बन्दका कारण काठमाडाँैबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रपत्रिकाहरु सप्तरी जिल्लामा आउन बन्द भएको छ। पत्रिका आउन बन्द भएपछि सर्वसाधारण सूचनाको अधिकारबाट वञ्चित भएका छन् ।
 
आन्दोलनरत मधेसी मोर्चाको दुइ महिना भन्दा बढी समयको बन्दले काठमाडौँ र विराटनगरबाट प्रकाशित हुने गोरखापत्र दैनिक, कान्तिपुर, नागरिक, अन्नपूर्णपोष्ट, कारोबार दैनिक, राजधानी दैनिक, द राइजिङ नेपाल, काठमाडौँ पोष्ट, नयाँ पत्रिका, जनआस्था साप्ताहिक, साँघु साप्ताहिक, घटना र विचार साप्ताहिकलगायतका दर्जनौँ दैनिक तथा साप्ताहिक पत्रपत्रिका सप्तरी सदरमुकाम राजविराजलगायत जिल्लाको विभिन्न ठाउँमा आउन छाडेको छ ।
 
सप्तरीमा आन्दोलनका कारण यातायात नचलेको, पेट्रोलियम पदार्थको अभाव र असुरक्षाका कारणले पत्रपत्रिका आउन नसकेको पत्रपत्रिकाका व्यवसायी बताउँछन्। राजविराजस्थित पिपुल पुस्तकका सञ्चालक सञ्जीव यादवका अनुसार राष्ट्रिय दैनिक तथा साप्ताहिक पत्रपत्रिकाका नियमित ग्राहक तथा पाठक पत्रिका पढ्न र खरिद गर्न आउने र पत्रिका नआउँदा रित्तो हात फर्किने गरेका छन् ।
 
बिहानै उठेर पत्रपत्रिका पढ्ने बानी भएका राजविराज– ४ का ५० वर्षीय रामकुमार साहले पनि राष्ट्रिय दैनिक तथा राष्ट्रिय साप्ताहिक पत्रिका विगत अढाइ महिनादेखि पढ्न नपाएको गुनासो गर्नुभयो ।
 
सप्तरीको बभनगामाकटीमा आगलागी
 
सप्तरीको बभनगामाकटी गाविस– ४ मा गएराति आगलागी भएको छ। स्थानीयवासी सुमन महतोको गाईगोठमा विद्युत् प्रवाह भई आगलागी हुँदा गाईगोठ र केही घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
 
आगलागीबाट खाद्यान्न लत्ताकपडा, जिन्सी गरी रु ५० हजार बराबरको क्षति भएको पीडित महतोले बताउनुभयो । स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ