arrow

बन्यो नयाँ कीर्तिमान: अन्तरीक्षमा ३४० दिन बसेपछि पृथ्वीमा

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
nasa.jpg.jpeg
एजेन्सी ।  रुसका मिखाइल कोनीइन्को र अमेरिकाका स्कट केली अन्तरीक्षमा एक वर्ष बताएर पृथ्वीमा फर्किएका छन् । अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा आम मानिसहरुले बिताउने समय भन्दा उनीहरुले दुई गुणा बढी समय अर्थात तीन सय ४० दिन बिताएका हुन् ।  शरिरमा लामो दूरीका स्पेसफ्लाईटको असरका सम्बन्धमा अध्ययन गर्ने क्रममा उनीहरुले यति लामो समय अन्तरीक्षमा बिताए । दुई वैज्ञानिकहरुलाई बोकेर सर्जी भोल्कोभको अन्तरीक्ष यानले काजखस्तानमा स्थानीय समयअनुसार ४ बजेर २६ मिनेटमा अवतरण गरको थियो ।
 
उक्त मिसन अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा एक कीर्तिमान हो । केलीले यसका साथै अन्तरीक्षमा आफ्ना चार यात्रामा कुल ५ सय २० दिन बिताएका छन् ।  आईएसएसले गरेको यो कीर्तिमानी मिसनपछि केलीले ५ सय २० दिन अन्तरीक्षमा बिताउने वैज्ञानिकको कीर्तिमान बनाए । उनले यस क्रममा चार पटक फ्लाईट गरिसकेका छन् । मिसनका क्रममा कमान्डर केलीले मिसन आफुलाई भौतिक खुशी मिलेको वताए ।
 
उनले मानव जीवनसँग   झन्डै एक वर्षसम्म छुट्टिनु पर्दा निकै पीडा महसुस भएको प्रतिक्रिया दिए । काजखस्तानबाट कमाण्डर केली अमेरिकाको होउस्टोन जानेछन् । नासाले यस मिसनलाई कुनै दिन मंगलग्रहमा मानिस पठाउने लक्ष्यका साथ सञ्चालन गरेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ