arrow

चाँडो समस्या समाधान गर्न क्यान महासंघको ध्यानाकर्षण

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1858145114.jpeg
काठमाडौं । लामो समयदेखिको भारतको अघोषित नाकाबन्दीले उब्जाएको इन्धन संकटका कारण सूचना प्रविधि क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको भन्दै कम्प्यूटर एसोसिएसन नेपाल महासंघ(क्यान महासंघ)ले चाँडो समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै हाल नेपालमा रहको विषम परिस्थितिका कारण इन्धन अभावले सिर्जित समस्याले सुचना प्रविधि क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेका कारण भर्खरै फस्टाउने क्रममा रहेको प्रविधि क्षेत्रमा यसले थप संकट निम्त्याएको उल्लेख गरेको छ ।

‘अत्यावश्यक आधारभूत आवश्यकताको रुपमा रहेको ईन्धनको अभावले गर्दा प्रविधिजन्य सामाग्रीहरुको ढुवानी गर्न सकिरहेको छैन । प्रविधिको नयाँ उत्पादन र सेवाहरु भित्र्याउन नसक्दा एकातिर प्रविधिको विकासमा अवरोध सिर्जना भएको छ भने अर्काेतिर मुलुकको राजस्वमा समेत प्रतिकुल असर पर्न थालेको छ’,क्यानका महासचिव विश्वराम बलामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ईन्टरनेट सेवा प्रदायक, हार्डवेयर, सफ्टवेयर, टेलिकम्युनिकेशन, पावर सोलुसन्स्, एसेसोरिज सेल्स एण्ड डिष्ट्रिब्युटर्स लगायतका कम्पनीहरुलाई सेवा प्रदान गर्न कठिनाई भैरेहेको छ ।’ 

तत्काल समाधान हुन नसकेको खण्डमा मुलुकमा प्रविधिको विकासक्रम झन खस्किने निश्चितता देखाउँदै क्यानले सरोकारवाला सबैले मुलुकको समस्या समाधानका लागि उचित पहल गर्न सरकारको ध्यानआंकर्षण गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ