arrow

भूकम्पप्रतिरोधि घर निर्माणमा जनचासो

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1943782074.jpeg
काठमाडौँ । भूकम्पप्रतिरोधी घर कसरी बनाउन सकिन्छ भन्दै काठमाडौँ महानगरपालिकामा चासो राखेर आउने नागरिकको सङ्ख्या पछिल्लो दिनमा बढ्दै गएको छ ।  गत वैशाख १२ मा गएको गोरखा भूकम्पपछि दैनिक १८ जना सेवाग्राही भूकम्प प्रतिरोधी भवन निर्माणका लागि नक्सा पास गर्न आउने गरेका छन् । विपद्को समयमा भौतिक र मानवीय क्षति पुगेकाले अब विपद्का समयमा क्षति कम होस् भन्ने उद्देश्यले पछिल्लो समय सोही अनुरुपको नक्सा पास गर्नेको सङ्ख्या बढेको महानगरपालिकाका इन्जिनियर वीरबहादुर खड्काले जानकारी दिए । 

इन्जिनियर खड्काका अनुसार अहिले दैनिक १५ देखि २० वटासम्म घर बनाउने नक्सा पासका लागि निवेदन दर्ता हुने गरेका छन् । भूकम्प जानुपहिले पनि नक्सा पास गर्न दैनिक १५ देखि २० वटा नै आउने गरेको भए पनि भूकम्प प्रतिरोधी निर्माणका लागि उनीहरुले विशेष ध्यान दिने गरेका थिएनन् । तर पछिल्ला दिनमा भूकम्पप्रतिरोधी आवास निर्माणका लागि नागरिकको चासो बढ्दै गएको खड्का बताउँछन् । 

भूकम्पपछि बालाजु, कलङ्की, बौद्ध, कोटेश्वरलगायतका स्थानबाट नक्सापासका लागि बढी आउने गरेका छन् । भूकम्पकै कारण पूर्णरुपमा भत्केको र सोही स्थानमा भवन निर्माण गर्नका लागि नक्सा पास गर्न आएमा महानगरपालिकाले ७५ प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ । तर घर भत्केको स्थानमा पुनःनिर्माण गर्नेको सङ्ख्या अत्यन्तै न्यून रहेको महानगरपालिकाले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ