arrow

रोनाल्डोलाई बेच्ने रियालको तयारी, विक्रिका १० खेलाडीकाे सूचीमा

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
ronaldo-bechine.jpg.jpeg
एजेन्सी । मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डोलाई स्पेनिश क्लव रियाल मड्रडले यो सिजनको अन्त्यपछि बेच्ने खेलाडीको सुचीमा राखेको छ । रियालले पोर्चुगिज स्टार रोनाल्डोको मूल्य ६५ मिलियन अमेरिकी डलर तोकेको छ । रोनाल्डोसंगै रियालले आफ्ना १० खेलाडीलाई बेचेर नयाँ खेलाडीलाई भित्र्याउन चाहेको खुलाएको छ । स्पोर्ट म्यागजिनका अनुसार रियाल मड्रिडका मालिक फ्लोरेन्टिन प्यारेज र रियालको बिग्रदो आर्थिक अवस्थाको कारण रियालले आफ्ना स्टार खेलाडी बेच्ने मनस्थितीमा पुगेको हो ।
 
रियालले अघिल्लो सिजन अत्यधिक रकम खर्च गरेर खेलाडी भित्र्याए पनि कुनै पनि उपाधि होडमा बलियो उपस्थिती जनाउन नसके पछी प्यारेजले यस्तो योजना ल्याएका हुन् । यस्तै, विश्वकप २०१४ का नायक कोलम्बियन सुपरस्टार जेम्स रोड्रिग्वेज पनि यस बिक्रिको सुचीमा परेका छन् । रियालले जारी गरेको सुचीमा सर्जियो रामोस, पेपे, इस्को,केस्मिरो, जेसे, ड्यानियल, अर्वेलोवा छन् । रियालले सर्जियो रामोस र क्रिश्चियानो रोनाल्डोसंगको सम्झौता अझै केही समय रहेकोले बेच्ने जानकारी उनीहरुलाई दिएको र उनीहरुले रियाल छोडेर जान चाहे मात्रै तत्काल बेच्न सक्ने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ