arrow

सरकारको तालाचावी माले, मसाले र मण्डलेलाई

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
343185707.jpeg
जितेन्द्र भण्डारी, पाँचथर। नेपाली काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङले नेपाली काग्रेसको नेतृत्वमा संविधान ल्याउन सफल भएको भन्दै पाटीको प्रशंशा गर्दे अव काग्रेस शसक्त प्रतिपक्षमा वस्ने वताउनुभएको छ। नेपालीहरुको दोस्रो महानपर्व शुभ दीपावली तथा छठको अवसर पारेर नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती पाँचथरले पंचमीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै माले, मसाले र मण्डलेको गठवन्धन सरकारलाई तालाचावी दिएर आफूहरु शसक्त प्रतिपक्षमा वस्ने उहाँको भनाई थियो। 
 
कार्यक्रममा वोल्दै विशेष अतिथी नेपाली काग्रेसका जिल्ला सदस्य तथा नेपाल शिक्षक यूनियन पाँचथरका अध्यक्ष रुपनारायण जवेगुले पाटीकै नेतृत्वमा नेपाली जनताको संविधान आएको भन्दै अब पाटीले पाटीको संगठन विस्तार र सुद्दिकरणमा जोड दिनुपर्ने वताउनुभयो । 
 
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष तथा काग्रेस जिल्ला सदस्य विरेन्द्र खड्काले अब पाटी देशको समृद्दि र विकाशको निम्ति खट्नुपर्ने उल्लेख गर्नुभयो । 
कार्यक्रममा नेपाली काग्रेस झापाका घनेन्द्र योङया, नेपाल तरुण दल जिल्ला अध्यक्ष सुमन लामा,नेविसंघ पाँचथर जिल्ला अध्यक्ष तुलसी आचार्य,झापा जिल्ला अध्यक्ष रोशन विष्ट लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नुभएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ