arrow

तेक्वान्दो टोलीले हङकङ्गबाट ४ स्वर्ण भित्र्यायो

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
Taekwondo-Winner-Team.jpg.jpeg
काठमाडौं । हङकङ्गस्थित टप माउन्टेन तेक्वान्दो एशोसियसनको सातौं बार्षिकोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा ४ स्वर्ण र १ रजत पदक सहित टिम च्याम्पियन बनेको नेपाली तेक्वान्दो टोली शुक्रबार स्वदेश फर्किको छ । 
 
फागुन १६ र १७ गते आयोजित प्रतियोगितामा बब्लु सिवाकोटी र किरण श्रेष्ठले सिनियर ब्लाक बेल्ट पुम्सेमा स्वर्ण पदक जितेका थिए । यस्तै, जुनियर विधामा राजन भण्डारी र मेलिषा खड्गीले स्वर्ण जितेको प्रशिक्षक मनोज खड्गीले जानकारी गराए । 
 
खड्गीका अनुसार सिनियर ब्लाक बेल्टमा गोपाल भण्डारीले रजत पदक हासिल गरे । भण्डारी इन्डोनेशियाका खेलाडीसंग फाइनलमा पराजित भएका थिए । बब्लु सिवाकोटी सो प्रतियोगिताका उत्कृष्ट खेलाडी समेत घोषित भएको प्रशिक्षक खड्गीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ