arrow

पौडेल र देउवा सहयोग माग्न पुगे सिटौला निवास, आन्तरिक बैठकपछी सिटौलाले विज्ञप्ती जारी गर्ने

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
congres-Tin-neta.jpg.jpeg

काठमाडौं । कांग्रेसको जारी १३औ महाधिवेशनको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि सभापतिका प्रत्यासी रामचन्द्र पौडेल र शेरबहादुर देउवा सहयोगका लागि पहिलो चरणका उम्मेद्वार कृष्ण प्रसाद सिटौलाको निवास पुगेका छन् । विहान सार्ढ ७ बजे रामचन्द्र पौडले सिटौला निवास धुम्वाराही पुगे । पौडेल निस्केको आधा घण्टा नवित्दै शेरबहादुर देउवा सिटौला निवास छिरे ।

दोस्रो चरणको चुनावमा सहयोग गर्न भन्दै दुबैले सिटौलालाई आग्रह गरे । शेरबहादुर देउवाले सिटौलालाई तपाईको सहयोग भए आफु सहजै सभापतिमा निर्वाचि हुने बताएको सिटौला निवास श्रोतले जनाएको छ । यस्तै, अर्का प्रत्यासी रामचन्द्र पौडेलले सिटौलालाई सहयोग गर्न भन्दै तपाईको सहयोग पाए माहोल आफ्नै पक्षमा रहने र आफु विजयी हुने बताएका श्रोतले जानकारी दियो ।

जवाफमा सिटौलाले साथीहरुको सल्लाहपछी मात्रै आफुले सहयोग गर्नेबारे भन्ने बताए । सिटौलाले महामन्त्रीका उम्मेद्वार गगन थापा, कोषाध्यक्षका उम्मेद्वार उमाकान्त चौधरी र काभ्रे पूर्व जिल्ला सभापति शिव हुमागाई लगायतका नेताहरुसंग छलफल गर्दै छन् । आफ्नो समूहका नेताहरुसंग छलफल गरेपछी सिटौलाले प्रेस विज्ञप्ती जारी गरेर सहयोग गर्नेबारे आधिकारीक जानकारी दिने बताएका छन् ।

सिटौला समूहले दिउँसो २ बजे हुने निर्वाचनलाई लक्षित गरेर आफ्ना मतदातालाई जानकारी दिन बैठक लगत्तै विज्ञप्ती जारी गर्ने तयारी गरेको छ । पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेद्वारले विधान अनुरुप आवश्यक ५१ प्रतिशत मत ल्याउन नसकेपछी दोस्रो चरणको मतदान हुन लागेको हो । कुल खसेको मत मध्ये शेर बहादुर देउवाले एक हजार ५ सय ६४, रामचन्द्र पौडेलले एक हजार एक सय ६० र कृष्ण प्रसाद सिटौला ३ सय २४ मत पाए । कुल खेसेको तीन हजार एक सय ४८ मतमा एक सय मत बदर भए । १३ मत खसेन । कुल मतदाता तीन हजार एक सय ६१ थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ