arrow

पहिलो चरणभन्दा ८ कमले गरे मतदान

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
mattadan.jpg.jpeg
काठमाडौं । कांग्रेसको मूल नेतृत्वका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । राष्ट्रिय सभागृहमा भएको निर्वाचनमा पहिलो चरणभन्दा ८ कम कुल ३१ सय ४० मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा कुल मतदाता मध्ये १३ कम ३१ सय ४८ मत खसेको थियो । जसमा सभापतिका लागि तीन उम्मेद्वारबीच भएको स्प्रर्धामा कुनैले पनि आवश्यक मत ल्याउन नसकेपछि पुनःमतदान भएको हो । 
 
दोस्रो चरणमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा भयो । पुनः भएको निर्वाचनको मत गणना आजै राति ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने निर्वाचन समिति सदस्य खम्ब खातीले जानकारी दिए । पहिलो चरणमा कृष्ण प्रसाद सिटौलासहित तीन समूहबीच चुनावी प्रतिस्प्रर्धा भएको थियो । सिटौला तेस्रो हुँदै बाहिरिएपछि देउवा र पौडेलबीच चुनाव भएको हो । 
 
 कुल मत भने ३१६१ रहेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ