arrow

सिन्धुलीका सरकारी कार्यालय प्रविधि मैत्री बन्दै, घरमै बसेर जानकारी लिन सकिने

logo
राजन परियार,
प्रकाशित २०७२ फागुन २४ सोमबार
Sindhuli-hamrakura.jpg.jpeg
सिन्धुली। आधुनिक प्रविधिले फड्को मारेसंगै जिल्लाका सरकारी कार्यालयहरु पनि प्रविधि मैत्री बन्दै गएका छन् । कम्प्यूटरको जमानाका रुपमा लिने गरीएको वर्तमान परिस्थितलाई मध्यनगर गर्दै आफ्ना कार्यालयबाट प्रदान हुने कामकाज, सार्वजनकि सूचना, गतिविधि, शन्देशहरु, तथ्यांक रेकर्ड लगायतका कार्यहरु मोवाइल एप्लीकेशन तथा कम्प्यूटर प्रणाली मार्फत सुरु गरीएको सरकारी कार्यालयहरुले जनाएका छन् । 
 
केही वर्ष अघिबाटमात्र जिल्लामा सरकारी कार्यालयबाट कम्प्यूटर प्रणालीबाट नागरीकता र जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु गरीएको भएपनि पछिल्लो समय जिल्ला विकास समिति र जिल्ला शिक्षा कार्यालयले भने जिल्लामै पहिलो पकट महत्वपूर्ण सूचना तथा शन्देशहरु अव घरमै बसेर मोवाइलबाट प्राप्त गर्न सकिने गरी प्रविधि सञ्चालनमा ल्याएका हुन् ।
 
मोवाइल एप्लीकेसन मार्फत सेवाग्राहीहरुलाई घरमै बसेर जिविसको सूचना, शन्देश, गतिबिधि, अभिलेख र सेवा प्राप्त गर्दा अपनाउनु पर्ने प्रक्रियाको समेत मोवाइलबाटै जानकारी पाउन सकिने प्रविधिको व्यवस्था गरीएको जिविस सिन्धुलीका सूचना अधिकृत सागर कुमार ढकालले जनाए । 
 
१६१८०४७५२०१४४ नम्बर डायलगरी जिल्ला विकार समिति र १६१८०४७५२०१७५ नम्बर डायलगरी जिल्ला शिक्षा कार्यालयका सम्बन्धि सूचनाहरु जानकारी लिन सकिने छ । यस्तो नम्बरमा नेपाल टेलिकम, स्काइ, एनसेल तथा ल्याण्ड लाइन फोनबाट विना पैसा जिविस र जिशिकाका अत्यन्त जरुरी र महत्वपूर्ण सूचनाहरु जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ ।
 
‘एक पटक डाउनलोड गरेपछि एप मार्फत जिविसले सार्वजनीक गर्ने विभिन्न प्रकारका सूचनाहरु अद्यावधिक भैरहने भएकाले सेवाग्राहीले आवश्यक परेको जुनसुकै जिविससंग सम्बन्धित सूचना तथा जानकारी मोवाइलबाट प्राप्त गर्न सक्ने छन्,’ उनले भने उक्त नम्बरमा सम्पर्क गर्दा कुनै शुल्क लाग्दैन् । विना शुल्क सेवाग्राहीले उक्त सुविधा लिन सक्ने ढकाल बताउँछन् ।
 
उक्त प्रविधिको विकासले जिल्लामा शिक्षा क्षेत्रको समग्र कार्यको जानकारी शिक्षक, अभिभावक र विद्यार्थीले घरमै बसेर बुझ्न सक्नेगरी मोवाइल एप्स मार्फत टोल फ्रि नम्बर र शिक्षा कार्यालयको सम्पूर्ण गतीविधि समाबेश गर्ने गरी फेशबुक सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी बद्री पाठकले बताए । 
 
‘१६१८०४७५२०१७५ नम्बर जुनसकै मोवाइलबाट डायल गरेपनि शिक्षा कार्यालयसंग सम्बन्धित सूचना लिन सकिने छ,’ उनले वताए । यस्ता सूचना प्रविधिले सामान्य सूचना र जानकारीका लागि कार्यालयमै पुग्नु पर्ने, कार्यालय समयनै कुर्नु पर्ने बाध्यताको अत्य भएको समेत जिशिअ पाठकले वताए । उनले भने, ‘यस्तो प्रविधिले शिक्षाका धेरै कामका लागि सेवाग्राहीले कार्यालमै धाएर दुःख पाउनु पर्ने बाध्यताको समेत अन्त्य भएको छ । जिशिकाका सम्बन्धी कुनै अधिकृत स्तरका कर्मचारी भेट गर्नु पर्ने छ, उहाँहरुबाट आफ्नो काम गराउँनु छ भने उहाँहरु सो दिन कार्यालयमा आउने नआउने, के कामका लागि कहाँ गएको कति समयमा आइपुग्ने लगायतका सबै सूचना मोवाइलबाटै पाउन सक्ने छन् ।’
 
जिल्ला विकास समिति र जिल्ला शिक्षा कार्यालयको वेभसाइटमा राखिएका विभिन्न अभिलेख, प्रगती प्रतिवेदन, नागरीक वडापत्र, सूचना तथा जानकारीहरु मोवाइलबाटै प्राप्त गर्न सकिन्छ । यस्ता प्रविधिको उपभोगले सेवाग्राहीलाई सुविधा र कर्मचारीको कार्यसम्पादनमा सहजता आएको जनाइएको छ । 
 
यस्ता सूचनाले सरकारी काम प्रतिको सूशासन, नागरीकप्रतिको जवाफदेहीतामा अभिबृद्धी हुनेमा समेत विश्वास लिइएको छ । यस्तो प्रविधिलाई मोवाइल एप मार्फत अझै आधुनिकीकरण गर्दै सहज र सरल बनाउँदै लैजाने तयारी भएको बताइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ