arrow

नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी

logo
प्रकाशित २०७२ फागुन २४ सोमबार
shere-bahadur-1.jpg.jpeg
काठमाडौ। नेपाली कांग्रेसको सभापति पदका लागि सोमबार भएको दोस्रो चरणको निर्वाचनको मतगणना शेरबहादुर देउवा भारी मतले विजयी भएका छन्। मतपरिणाम अनुसार शेरबहादुर देउवाले  १८२२ मत र रामचन्द्र पौडेलले १२९६  मत ल्याएका छन् भने २२ मत बदर भएको छ।
दोस्रो चरणको मतदानमा सभापति पदका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल चुनावी मैदानमा थिए। पहिलो चरणमा ३१ सय ४८ मत खसेकामा दोस्रो चरणमा पहिलो भन्दा ४८ मत कम ३१ सय ४० मत खसेको छ ।  कार्यवाहक सभापति नै पार्टी सभापति बन्दै आएको काँग्रेसको इतिहासलाई तोड्दै देउवा नेपाली काँग्रेसका सभापति बनेका हुन्। 
 
तेस्रो पटकको प्रयासमा देउवा पार्टी सभापति बनेका हुन्। यसअघी गिरिजाप्रसाद कोइराला र शुसिल कोइरालासँग पराजित भएका देउवाले यो पटक भने कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति बनेका हुन्। उनी सभापति बन्दै गर्दा १९ बर्षपछि कोइराला परिवारको हातबाट काँग्रेसको कमाण्ड देउवाको हातमा गएको हो। 
 
देउवा यसअघी २०५९ सालमा काँग्रेसबाट फुटेर बनेको नेपाली काँग्रेस प्रजातान्त्रिकका सभापति भएका थिए। पछि पार्टी एकिकरण पछि उनी काँग्रेसको बरिष्ठ नेताको हैसियतमा थिए। एकिकरणयता पनि पार्टी सभापतिमा उमेद्वार भएपनि उनी निर्वाचित हुन सकेका थिएनन्।
 
मतपरिणाम सार्वजनिक भएपछि देउवा पक्षीय कार्यकर्ताहरुले राष्ट्रिय सभागृहमा खुसी साँटेका छन्। देउवा पक्षीय नेताहरुले अब पार्टीलाई अझ एकिकृत र सुदृढ बनाएर लैजाने बताएका छन्। 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ