arrow

माथिल्लो कर्णालीमा हात हालेको जिएमआरको गाडीमा आगजनी

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
gmr-infrastructure.jpg.jpeg
दैलेख । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी जिएमआरको गाडीमा अज्ञात व्यक्तिले आगो लगाइदिएका छन् । सोमबार दिउँसो आयोजनास्थल दैलेखको सात्तला गाविस– १ रामाघाट खोलामा धुनका लागि लगिएको गाडीमा तीन युवाले पेट्रोल छर्केर आगो लगाएका दैलेखबाट सहकर्मी नमन शाहीले जानकारी दिए । आगोले गाडीको पछाडीको बाहिरि भाग डढेको छ । आगो स्थानीयले निभाएका थिए । खोलामा धुनका लागि लगिएको बा ८ च १५८५ नम्बरको बोलेरो जीपमा आगजनी गर्नेको प्रहरीले खोजी गरिरहेको छ । आगजनी भएको ठाउँ  ड्याम साइट टुइनकुनाबाट दुई किलोमिटर पूर्व तिर  पर्दछ । 
 
‘बैंक क्रप्ट’को उपमा पाएको जिएमआर भारतको बहुराष्ट्रिय कम्पनी हो । आगजनी गर्ने भारतले कर्णाली नदिमा हस्तक्षेत्र गरेको भन्ने राजनीतिक समूहका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने बताइएको छ । जीएमआरले ती पार्टीका कार्यकर्तालाई विभिन्न बहानामा अवरोध सिर्जन गर्नलगाई आफु स्थान कर्णालीबाट नहट्ने चाल चालिरहेको जानकारहरुले बताएका छन् । 
 
जिएमआरले आफुले गाडी समेत किन्न नसकेकामा सो जिप भाडाको रहेको बताइएको छ । ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली आयोजना बनाउन गएको सेप्टेम्बरमा जिएमआर र नेपाल सरकारबीच विद्युत जिकास सम्झौता ‘पीडिए’ भएको थियो । जिएमआरले निर्माणअघिको प्राविधिक तथा वित्तीय तयारी गरिरहेको छ । केही राजनीतिक दल र समूहले माथिल्लो कर्णाली आयोजना राष्ट्रघाती भन्दै विरोध गरिरहेका छन् । तत्कालिन सुशील कोइराला नेतृत्वको सरकारले पीडिए गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ