arrow

महामन्त्रीमा शशांक धेरै अगाडी कोषाध्यक्षमा कडा प्रतिष्पर्धा

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
4.jpg.jpeg
ललितपुर। नेपाली काँग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि गरिएको मतदानपछि मंगलवार महामन्त्री र कोषाध्यक्षको मतगणना जारी छ। मतको पछिल्लो परिणाम अनुसार महामन्त्रीमा काँग्रेस नेता शशांक कोइराला धेरै अगाडी देखिएका छने भने कोषाध्यक्षमा सितादेवी यादव र चित्रलेखा यादवबीच कडा प्रतिष्पर्धा देखिएको छ। 
 
३१ सय मत गणना गर्दा महामन्त्रीमा कोइरालाले १३९४ मत ल्याएका छन भने उनका प्रतिष्पर्धी केसीले १००१ र अर्का प्रतिष्पर्धी गगन थापाले ५७७ मत ल्याएका छन्। 
 
 
कोषाध्यक्षमा भने निवर्तमान कोषाध्यक्ष चित्रलेखा यादवले ११९७ र सितादेवी यादवले ११९४ मत ल्याएका छन्। दुबै प्रतिष्पर्धी यादव सिराहाका हुन्। उमाकान्त चौधरीको ४५०, कृष्ण कार्कीको भने ६८ रहेको छ।
 
मतगणनास्थल काँग्रेस केन्द्रीय कार्यालय सानेपामा ४ अलग अलग स्थानमा दुई पदाधिकारीहरुको मतगणना भइरहेको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा मतगणना भइरहँदा कार्यकर्ताहरु बाहिर उत्साहका साथ परिणामको प्रतिक्षामा रहेका छन्। परिणाम शशांकको पक्षमा आउने भएपछि कार्यकर्ताहरुले बिपी पुत्र सशांक दाइ जिन्दावाद, ने का जिन्दावाद, यो जित कस्को काँग्रेसको लगायतका नाराहरु लगाएका छन्। अब ४८ मत गन्न बाँकी छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ