arrow

कांग्रेस महामन्त्रीमा शशांक विजयी

logo
प्रकाशित २०७२ फागुन २५ मंगलबार
mahamantri.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको तेह्रौ महादिवेशनबाट महामन्त्रीमा शशांक कोइराला विजयी भएका छन् । महामन्त्रीका प्रत्यासी अर्जुन नरसिंह केसी तथा गगन थापालाईपछि पार्दै शशांक विजयी भएका हुन् । सशांकले १४ सय १७ मत ल्याएर विजयी भए । उनले केसीलेलाई ४ सय मत अन्तरले पछि पारे । केसीले  एक हजार १७ मत र थापाले ५ सय ८४ मत  ल्याए । आइतबार भएको मतदानमा कुल ३१ सय ४८ मत खसेको थियो । १३० मत बदर भएको छ । शशांक कोइराला वीपी कोइरालाका कान्छा पुत्र हुन् । सशांक रामचन्द्र पौडेलको प्यानलबाट महामन्त्रीको उम्मेद्वार वनेका हुन् । केसी शेरबहादुर देउवा प्यानल र गगन थापा कृष्णप्रसाद सिटौला प्यानलबाट चुनाव लडेका हुन् ।
 
पार्टी सभापतिमा भने शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । पहिलो चरणमा सभापतिमा कसैले आवश्यक मत नल्याएपछि दोस्रो चरणको मतदानमा सभापति पदका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा भएको थियो । सभापतिमा देउवाले १८ सय २२ मत प्राप्त गर्दै रामचन्द्रलाई पछि पराजित गरे । पहिलो चरणमा ३१ सय ४८ मत खसेकामा दोस्रो चरणमा पहिलो भन्दा ४८ मत कम ३१ सय ४० मत खसेको थियो । काँग्रेस इतिहासमा कोइराला १९ वर्षपछी कोइराला परिवार बाहिर नेतृत्व गएपनि कार्यकारी तहमा भने शशांक मार्फत पुनरागमन भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ