arrow

फेसवुकबाटै रसिया पठाउने नाउमा ९ लाख ठगी

logo
प्रकाशित २०७२ फागुन २७ बिहिबार
facebook-fanda.jpg.jpeg
काठमाडौं । रसिया पठाउने नाउँमा ९ लाख ठगि गर्ने एक जना पक्राउ परेका छन् । सर्लाही जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–३५ कोटेश्वर बस्दै आएका दिप लाल महतो लाई फेसबुकबाट दावा ग्याल्बो शेर्पाले परिचय गरी सम्बन्ध बढाएर ठगि गर्ने ३२ वर्षीय शुक बहादुर लिम्बु पक्राउ परेका हुन् । 
 
आफु रसियामा भएको र रसिया आउने भए ९ लाख रुपैया लाग्छ राम्रो कमाई हुन्छ भनि विभिन्न प्रलोभन देखाए पश्चात महतोले आफ्नै साथी झापा शान्तिनगर–१ का शुक बहादुर लिम्बुलाई सम्पर्क गरी उनको नाउमा पटक–पटक गरी ९ लाख रकम आइएमई गरेका थिए । 
 
आफुसंग सम्पर्कमा रहेका दावा ग्याल्बो शेर्पाले फेसबुक बन्द गरी सम्पर्क विहिन भए पश्चात पीडित महतोले आफु ठगीमा परेको थाहा पाई प्रहरी अपराध महाशाखामा निवेदन दिए । महाशाखाको टोलीले ठगिमा संलग्न शुक बहादुर लिम्बुलाई झापाबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको छ । उनलाई ठगि मुद्दामा कारबाही अघि बढाउने महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ