arrow

मनाङ गर्जियो, उपाधि होड बलियो बन्दै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
553070013.jpeg

काठमाडौं । मोफसलको झापा ११ लाई हराउँदै मनाङ मस्र्याङ्दी क्लव रेडबुल राष्ट्रिय लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । जितसंगै मनाङले उपाधि होड बलियो पारेको छ ।

वुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको १३ औं खेलमा झापा ११ लाई मनाङले ३–२ गोल अन्तरले हरायो । प्रतिसपर्धात्मक खेल जित्दै मनाङ २५ अंकका साथ दोस्रो स्थानमा उक्लिएको हो ।

खेलमा झापाले मध्यान्तरसम्म कर्ण लिम्बुको गोलबाट १–० को अग्रता लिए पनि त्यसपछि विशाल राईले लगातार दुई गोल गर्दा मनाङले २–१ को अग्रता लियो । ८३ औं मिनेटमा योगेश गुरुङ्गले गोल गर्दै झापालाई बराबरीमा ल्याए । यद्यपि, इन्जुरी समयको अन्तिम समयमा मनाङका अनिल गुरुङ्गले गोल गर्दै ३–२ को जित दिलाए ।

हारपछि १४ खेलबाट २४ अंकमा रहेको झापा चौथो स्थानमा झरेको छ । शीर्ष स्थानको थ्रीस्टारको १३ खेलबाट २६ अंक रहँदा तेस्रो स्थानको त्रिभुवन आर्मीको १३ खेलबाट २४ अंक छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ