arrow

पोखरामा नेपालकै उत्कृष्ट पारिवारिक गन्तव्यः होटल जल महल

आन्तरिक पर्यटकलाई ३० प्रतिशत छुट

logo
प्रकाशित २०७२ फागुन २९ शनिबार
hotel-jalmahal.jpg.jpeg
कास्की। बालबालिकाका लागि गुणस्तरीय र स्वस्थ मनोरञ्जन प्रदान गर्दै आएको चचहुई फनपार्क प्रालिका संचालकहरुले पार्क नजिकै अन्तर्राष्ट्रिय स्तरको पारिवारिक होटल, होटल जल महल प्रा लि, पोखरा संचालनमा ल्याएका छन्। करिव १० रोपनी क्षेत्रफलमा बनाइएको यस होटलमा २.५ रोपनी क्षेत्रफलमा फैलिएका इन्फिनिटी डिप पुल, फ्यामिलि स्प्ल्यास पुल र किड्स पुल गरी तीन थरिका स्विमिङ्ग पुल रहेका छन्। ती पुलहरुमा १ वर्षका बालबालिकादेखि वयस्क र वृद्धवृद्धाले समेत ढुक्कसँग पौडीको मनोरञ्जन लिन सक्छन्। यति ठूलो क्षेत्रफलमा फैलिएका यस्ता स्विमिङ्ग पुलहरु भएको पारिवारिक होटल नेपालमै एक मात्र रहेको संचालक डा दिनेश प्रसाईंले बताए। 
इन्फिनिटी डिप पुल, फ्यामिलि स्प्ल्यास पुल र किड्स पुल गरी २.५ रोपनी क्षेत्रफलमा फैलिएका तीन थरिका स्विमिङ्ग पुल भएको पारिवारिक होटल नेपालमै एक मात्र रहेको संचालक डा दिनेश प्रसाईंले बताए। 
यस होटलमा डिलक्स, सुपर डिलक्स, जलमहल प्रिमियम र कनेक्टिङ्ग गरी चार थरिका सुविधासम्पन्न ३६ कोठाहरु रहेका छन्। जल महल प्रिमियम रुमहरुका बालकोनी सिधै इन्फिनिटि डिप पुलसँग जोडिएका छन्। यहाँ रहेका सवै कोठा वा कोठाका बालकोनीबाट पुल र गार्डनका साथै धौलागिरि, अन्नपूर्ण वा मनास्लु हिमश्रिखंलाका मनोरम दृश्य देख्न सकिने छ। विहानको समयमा यहाँका स्विमिङ्ग पुल, रेष्टुराँ र केही कोठाका झ्यालहरुमा यिनै हिमश्रिखंलाका प्रतिविम्वहरु देख्न सकिने छन् भने रातको समयमा विशेष लाइटिङ्ग इफेक्ट समेत देख्न सकिन्छ। 
 
अन्तर्राष्ट्रिय पाहुनाहरुको लागि डिलक्स रुमको मूल्य प्रति कोठा प्रति रात ५० यूएस डलर, सुपर डिलक्स् रुमको लागि ७५ डलर, जलमहल प्रिमियमको लागि १०० डलर र कनेक्टिङ्ग रुमको लागि १२५ डलर रहेका छन्। आन्तरिक पर्यटकका लागि यी मूल्यहरुमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ। यी मूल्यमा दुई जनासम्म वयस्क र  दुई जनासम्म १० वर्ष मुनिका बालबालिकाका लागि डवल वेड र एक्स्ट्रा वेड, व्रेकफास्ट, स्विमिङ्ग र बालबालिकाका लागि चचहुई फनपार्कको रु५०० बराबरको कम्प्लिमेन्टरी टिकट समेतको सेवा उपलब्ध हुनेछ।
 
होटलमा १५० जना क्षमता भएको कन्फरेन्स हल र फ्यामिलि वा कर्पोरेट इभेन्टस्का लागि गार्डेन लनको समेत व्यवस्था रहेको छ। होटलका डिलक्स् रुमहरुको बुकिङ्ग पूर्ण रुपमा खुला गरिसकिएको छ भने अन्य किसिमका कोठाहरु नया वर्ष २०७३ अगावै तयार भइसक्ने अर्की संचालक प्रतिक्षा क्षेत्रीले बताइन्। अग्रिम बुकिङ्गको लागि  www.jalmahalpokhara.com बाट अनलाइन बुकिङ्ग वा होटलमा सिधै सम्पर्क गर्न सकिने छ। 
 
बालबालिकाका लागि फनपार्क र वयस्कहरु सवैका लागि अन्य किसिमका सुविधासम्पन्न यस्ता होटलले गुणस्तरीय आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरुलाई पोखरामा थप आकर्षण गर्न सक्ने आशा रहेको संचालक दिनेश प्रसाईंले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ