arrow

हुम्लामा यो वर्षकै भारी हिमपात, सदरमुकाम सिमिकोटमा १ फिट हिँउ, कृषक हर्षित

logo
नृप हमाल,
प्रकाशित २०७२ फागुन ३० आइतबार
humla-himpat.JPG.jpeg
हुम्ला । आइतबार विहान देखि लगातार भएको हिमपातका कारण हुम्लाको जनजीवन कष्टकर भएको छ । हिमपातका कारण जिल्लाका उत्तरी भेकका बासिन्दाको जनजीवन कष्टकर भएको हो । जाडो अत्याधिक बढेको छ । 
 
जाडो बढेकाले स्थानीय घर बाहिर निस्कन नसक्ने भएकाले आवत जावतमा समेत कठिनाई भएको छ । पशु चौपायालाई चरनको समस्या भएको छ । हिमपातले सदरमुकाम सिमिकोट विमानस्थलको हवाई सेवा बन्द भएको छ । जिल्ला सदरमुकाम सिमिकोट र उत्तरी भेकका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्कालगायत गाविसमा लगातार हिमपात भैरहेको छ । 
 
जिल्ला सदरमुकाम सिमिकोटमा १ फिट हिउँ जमेको छ । यसवर्ष पुष र माघ महिनामा हिमपात नहुँदा खडेरीले हिउँदे बाली सुकेर चिन्तित भएका  कृषकहरु भने हर्षित भएका छन् । आकाशे पानीको भर पर्नु पर्ने भएकाले खडेरीले सुकेका बालीलाई हिमपातले राहत हुने स्थानीय कृषकहरुको भनाई छ ।
 
यो वर्ष पुस र माघ महिनामा हिमपात भएको थिएन । आइतबारबाट शुरु भएको हिमपात यस वर्षकै उच्च हिमपात हो । हिमपातका कारण जिल्लामा कुनैं प्रकारको क्षति भने, नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव निरिक्षक ओम प्रकाश यादवले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ