arrow

मालदिभ्समा सङ्कटकालको घोषणा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1548928894.jpeg
माले (मालदिभ्स)। मालदिभ्सका राष्ट्रपति यमिन अब्दुल गयुमले ३० दिनका लागि बुधबार राष्ट्रिय सङ्कटकालको घोषणा गर्नुभएको छ। राष्ट्रपति गयुम चढेको डुङ्गामा केही दिनपहिले भएको विस्फोट, राष्ट्रपति निवास नजिकै भेटिएको घरेलु बम र विभिन्न ठाउँमा भेटिएका हतियारले आफ्नो र मालदिभ्सको जनताको सुरक्षामा खतरा देखिएको कारण सङ्कटकाल घोषणा गर्नु परेको मालदिभ्सका महान्यायाधिवक्ता मोहमद अनिलले बताएका छन् ।
 
सेना तथा प्रहरीले सुरक्षा अनुसन्धानका क्रममा छुट्टाछुट्टै दुई स्थानबाट भण्डारण गरी राखिएका अवैध हतियार भेटेको बताएका छन्। सङ्कटकालीन व्यवस्था अनुसार यहाँका नागरिकलाई सरकारविरोधी आन्दोलन, श्रम हडताल तथा राज्यको केही टापुमा भ्रमण गर्न सुरक्षाको कारण देखाउँदै निषेध गरिएको छ।
 
सेना तथा प्रहरीले आवश्यक ठानेमा कुनै पनि नागरिकको घर प्रवेश गरी खानतलासी लिने र दोषी भेटिएमा पक्राउ गर्ने छन् भनिएको छ । रासस÷एपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ