arrow

यसरी छान्नुहोस तपाईलाई चाहिने एसडी कार्ड

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
memory.jpg.jpeg
एजेन्सी । आजकल सबै डिजिटल डिभाइसमा मेमोरी कार्डको प्रयोग बढ्दो छ । जसबाट तपाई आफ्नो डिभाइसको स्टोरेज क्षमता बढाउन सक्नुहुने छ। स्मार्टफोन, ट्याव्लेट, म्युजिक प्लेयर, डिजिटल क्यामरा, ल्यापटपका लागि डिभाइसमा एसडी कार्ड रहेको हुन्छ ।  
 
तर ध्यान दिनु पर्ने कुरा चाहि प्रत्येक डिभाइसको लागि एसडी कार्ड अलग-अलग किसिमका हुन्छन्। प्रत्येकको स्पीड तथा स्टोरेज क्षमता पनि फरक फरक हुन्छ। त्यसैले एसडि कार्ड किन्नु भन्दा पहिले आफ्नो आवश्यकता लाई मध्य नजर गरेर मात्र कार्ड किन्नुहोस्। व्यवसायिक फोटोग्राफरलाई तिब्र स्पीड भएको एसडी कार्डको आवश्यकता पर्दछ । जसको स्टोरेज क्षमता पनि धेरै चाहिन्छ । शौखिन फोटोग्राफरको लागि  एकै समयमा क्लिक गर्दा २,४,८,१० को स्पीडमा मध्ये चार स्टोरेज गर्ने एसडि कार्ड भए काफि हुन्छ ।
  
 तर व्यवसायिक फोटोग्राफरलाई भने अल्ट्रा हाई स्पीड स्टोरेज भएको एसडी कार्डको आवश्यकता पर्दछ। उनिहरुको क्यामरा क्लास १० को स्टोरेज स्पोर्ट गर्दछ । अल्ट्रा हाइ स्पीड स्टोरेज  भएको कार्ड व्यवसायिक प्रयोगको लागि हो जसको लागि तपाईले अलिक ज्यादा पैसा पनि खर्चिनु पर्ने हुन्छ। यो कार्डले सबै  डिभाइसमा सपोर्ट गर्दैनन्।  प्रत्येक एसडी कार्डमा त्यसको स्पीडको जानकारी दिईएको हुन्छ। जस कारण तपाइलाई कार्ड छान्न समस्या पर्दैन ।
 
मेमोरीकार्ड माइक्रो, मिनी, मिडियम र स्टान्डर्ड साइजमा उपल्ब्ध हुन्छन्। कुनै एक एसडी कार्ड फरक साइज भएको डिभाइसमा प्रयोग गर्न सकिदैन। फरक फरक साइजका एसडि कार्डलाई तपाई आफ्नो ल्यापटप देखी स्मार्टफोन सम्ममा प्रयोग गर्न सक्नुहुनेछ।  माइक्रो र मिनी एसडी कार्ड को लागि एडेप्टर पनि बजारमा उपलब्ध रहेको छ। जसको प्रयोग तपाई क्यामरावाट अन्य डिभाइसमा सजिलै गर्न सक्नुहुनेछ। 
 
स्टान्डर्ड एसडी कार्ड को स्टोरेज १ देखि ४ गिगाबाइट सम्म हुन्छ। दैनिक प्रयोगको लागि तपाई एसडिएचसि नाम गरेको एसडि कार्ड प्रयोग गर्नसक्नुहुनेछ । यसको स्टोरेज क्षमता २ देखि ३२ गीगाबाइट सम्म हुन्छ । हालै सार्वजनिक भएको एसडिएक्ससि कार्ड मा ३२ गिगाबाइट देखी २ टेराबाइटसम्मको स्टोरेज उपलब्ध रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ