arrow

अइल निगम र विराट पेट्रोलियमबीचको सम्झौताविरुद्ध अखिलको अख्तियारमा मुद्दा

logo
प्रकाशित २०७२ चैत ३ बुधबार
akhil-new-photo.jpg.jpeg
काठमाडौं । एमालेको भ्रातृ संगठन अनेरास्ववियुले नेपाल अइल निगम र विराट पेट्रोलियम कम्पनीबीच भएको सम्झौताविरुद्ध छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरेको छ । 
 
अनेरास्ववियु अध्यक्ष नविना लामाको नेतृत्वमा अख्तियार पुगेको प्रतिनिधिमण्डलले अइल निगममा भएको भ्रष्टाचार, कमिसनका विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न अख्तियार प्रवक्ता कृष्णहरि पुस्करको ध्यानाकर्षण समेत गराएको छ । 
 
विराट कम्पनीले दैनिक तीन लाख लिटर पेट्रोल प्रचलित मूल्य भन्दा ३० रुपैयाँ बढी लिएर पाँच दिनसम्म बिक्री गर्दा प्राप्त भएको चार करोड ५० लाख राज्यकोषमा दाखिला गर्न समेत सङ्गठनले माग गरेको छ । 
 
प्रवक्ता पुस्करले नियम मिचेर गरिने काम कारबाही तथा उपभोक्तालाई मर्कापर्ने काम गर्ने कुनै पनि निकायलाई छानबिन गरी कानुनी कारबाही गर्ने प्रतिवद्धता जनाएको सङ्गठनका उपाध्यक्ष महेश वर्तौलाले जानकारी दिए । 
 
अखिल उपाध्यक्ष वर्तौलाकाअनुसार सङ्गठनले कालोबजारी नियन्त्रण गर्न काठमाडौँका बजार बिहीबारदेखि अनुगमन अभियान सञ्चालन गरी दोषी व्यापारीलाई पहिचान गरी सरकारलाई बुझाउने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ