arrow

भारतीय विदेशमन्त्री स्वराज र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अजिजबीच ७ मिनेट गफ

logo
प्रकाशित २०७२ चैत ४ बिहिबार
Sushma_Aziz_PTI.jpg.jpeg
कास्की । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठकका लागि पोखरामा पुगेका भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिजबीच अनौपचारिक वार्ता भएको छ । यी दुईबीच व्रेकफास्टपछी द्विपक्षीय अनौपचारिक भेतवार्ता भएको हो । 
 
७ मिनेट मात्रै भएको कुराकानीमा सार्क स्तरीय प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्र कहाँ राख्ने भन्ने बारे छलफल भएको स्रोत जानकारी दियो । अजिज र स्वराजबीच दिउँसो औपचारिक वार्ता हुने बताइएको छ । भारत र पाकिस्तानपछि भएको वार्ता पश्चात सोही विषयमा नेपाली पक्ष सहितको त्रीपक्षीय वार्ता समेत भएको थियो । (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठकको अध्यक्षता नेपालले गरिरहेको छ । बैठकको विधिवत उद्घाटन पूर्व अनौपचारिक छलफल भएका हुन् ।  
 
सार्कको ३७औँ मन्त्रिपरिषद् बैठकको पोखरास्थित ग्रान्ड होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । आठवटै सदस्य मुलुकका परराष्ट्र–बाह्य मामिला मन्त्रालयबाट नेपालका परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुन्या मौमुन, श्रीलङ्काली विदेशमन्त्री मङ्गला समरावेरा, बङ्गलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज बैठकमा सहभागी हुने छन् ।
 
बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री कमल थापाले गर्नेछन् । बैठकमा सहभागी हुन सबै सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरू बुधबार नै पोखरा पुगेका थिए । उनीहरुको वुधबार भव्य स्वागत भएको थियो । बैठकमा सार्क स्थायी समितिले मन्त्रिपरिषद् बैठकका लागि तय गरेका मुद्दाका साथै क्षेत्रीय सहयोगका विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदाश बैरागीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ