arrow

जारी संविधानलाई नै आधार मानेर निकास देउ : पूर्व राष्ट्रपति यादव

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ चैत ४ बिहिबार
Ram-Baran-Yadav301.jpg.jpeg
विराटनगर । पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकतान्त्रिक विधिबाट  जारी संविधानलाई नै आधार मानेर मुलुकलाई निकास दिनु पर्ने बताएका छन् । विराटनगर विमानथलमा संचारकर्मीसंग कुरा गर्दै यादवले संविधान कार्यान्वयन, नयाँ ऐन कानुन निमार्णका लागि सरकारमा रहेका दलसहित कांग्रेस तथा मधेसवादी दल एक ठाउँमा आउनु पर्नेमा जोड दिए । प्रमुख दल एक जुट नभई राजनितिक गत्यावरोध अन्त्य नहुने पूर्व राष्ट्रपति यादवको धारणा छ । 
 
यादवले संविधान जारी भई सकेकाले सबैदलको सहमतीमा संविधान संसोधन गरेर सबै समस्या समाधान गर्न सकिने बताए । पूर्व राष्ट्रपति यादवले आन्दोलन भन्दापनि मुलुकको अवस्था हेरेर  लोकतान्त्रिक विधिवाट मुलुकमा शान्ति र स्थायीत्व कायम गर्न सबै मिलेर मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ