arrow

नेपाल एयरलाइन्सको जहाजमा बम भेटिएन

logo
प्रकाशित २०७२ चैत ४ बिहिबार
Nepal-Airlines.jpg.jpeg
काठमाडौंं । दिल्लीबाट काठमाडौंका लागि उड्नै लागेको नेपाल वायुसेवा निगमको जहाजमा बम रहेको भन्ने हल्ला मात्रै भएको पुष्टी भएको छ । जहाजमा बम रहेको हल्लाले आरए–२०६ नम्बरको फ्लाइट रोकियो । अन्ततः चेकजाँचका क्रममा विमानमा कुनै शंकास्पद बस्तु भेटिएन । वुधबार मात्रै पाकिस्तानमा सरकारी बसमै बम विष्फोट हुँदा १६ जनाको मृत्यु भएकामा केही समय यता भारतबाट हुने अन्तर्राष्ट्रिय उडानका क्रममा जहाजमा बम रहेको गलत सूचना प्रवाह हुने गरेको छ । बुधबार मात्रै पनि दिल्लीबाट बैंककका लागि उडेको एयर इन्डियाको विमानमा समेत बम रहेको हल्लाले वितण्डा मच्चाएको थियो । 
 
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई चढाएर उड्नका लागि ‘पुसब्याक’ गरिरहेको नेपाल एयरलाइन्सको रेजिस्ट्रेसन नम्बर नाइन एन–एकेएक्स एयरबस थ्री ट्वेन्टी जहाजमा बम रहेको सूचना एयर ट्राफिक कन्ट्रोल सम्म पुगेपछी ट्याक्सी‘वे’बाट रन‘वे’तर्फ अघि बढिसकेको जहाज रोकिएयो । एयर ट्राफिकले जहाजमा बम राखिएको सूचना आएको छ, उड्न मिल्दैन भन्नेवित्तिकै जहाज सट डाउन गर्दै सबै यात्रुलाई ओरालेर जाँच सुरु गरिएको विमानस्थल अधिकारीहरुले जानकारी दिएका छन् । नेपाल एयरलाइन्सका दिल्लीस्थित स्टेसन म्यानेजरले सुरक्षाा जाँच पछि कुनै बम फेला नपरेको र जहाँज उड्ने तयारी भएको जानकारी गराए । जहाजमा बम रहेको हल्ला मात्रै भएको उनले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ