arrow

काँग्रेसकाे नयाँ केन्द्रीय कार्यसमिति पहिलो बैठक शुक्रबार

logo
प्रकाशित २०७२ चैत ४ बिहिबार
congress-party-office-1.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको १३ औँ महाविधेशनबाट गठित नयाँ कार्यसमितिको पहिलो बैठक शुक्रबार बस्ने भएको छ । बैठक दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन ललितपुरमा बस्ने तय भएको पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए । महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई केन्द्रीय निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको दुई दिनपछि बैठक बस्न लागेको हो । 
 
प्रमाणपत्र वितरण कार्यक्रममा पार्टीका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सात जनालाई केन्द्रीय सदस्यका रुपमा मनोनयन गरेको घोषणा गरेका थिए । बैठकले उनीहरुको मनोनयनलाई अनुमोदन गर्ने बताइएको छ । काँग्रेस विधानअनुसार महाधिवेशनले पदाधिकारीसहित ६४ जनालाई निर्वाचित गरेको छ । महाविधेशनबाट सभापतिमा देउवासहित महामन्त्रीमा डा सशाङ्क कोइराला, कोषाध्यक्षमा सीतादेवी यादवसहित ६१ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ