arrow

स्वराजलाई पोखराबाटै पाकिस्तानमा हुने १९औं सार्क सम्मेलनको निम्तो

logo
प्रकाशित २०७२ चैत ४ बिहिबार
Sushma_Aziz_PTI.jpg.jpeg
पोखरा । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७ औँ मन्त्रिपरिषद् बैठकका अवसरमा पाकिस्तानका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सरताज अजिजले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको औपचारिक भेटमा आगामी नोभेम्बरमा पाकिस्तानमा हुने १९औँ सार्क शिखर सम्मेलनका लागि निम्ता दिएका छन् ।  
 
सार्क स्थायी समितिले सार्कको शिखर सम्मेलन प्रत्येक दुई वर्षमा नोभेम्बरमा आयोजना गर्ने प्रस्ताव गरेको छ । आगामी शिखर सम्मेलन नोभेम्बरमा पाकिस्तानमा हुनेछ । पोखरामा जारी बैठक जलवायु परिवर्तन, वातावरण संरक्षण, प्राकृतिक विपत्ति, स्वास्थ्य, जैविक ऊर्जा, सामाजिक विकास, सञ्चार प्रविधि लगायत विषयमा केन्द्रित छ । भारतीय विदेशमन्त्री स्वराज र मालदिभ्सका विदेशमन्त्री डुन्पा मौमुनबीच पनि भेटघाट भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ