arrow

जीवन उपयोगी एन्ड्रोइड एप्स 'डिजिटल नेपाल' सार्वजनिक

logo
प्रकाशित २०७२ चैत ५ शुक्रबार
digital-nepal.jpg.jpeg
काठमाडौ। दैनिक जीवनमा प्रयोग हुने ‘डिजिटल नेपाल’ नामको मोवाइल एप्स सार्वजनिक भएको छ। एप्लिकेशनको नाम अनुसार नै हाम्रो दैनिक जीवनमा उपयोग हुने धेरै भन्दा धेरै सामग्रीलाई अटाउने साथै विभिन्न सुविधाका लागि धेरै एप्सहरु डाउनलोड गर्नु पर्ने बाध्यतालाई डिजिटल नेपालले केही हदसम्म भए पनि घटाउने निर्माण कम्पनी आई टेक नेपालका अध्यक्ष जीवन न्यौपानेले बताएका छन्।
 
डिजिटल नेपाल एप्समा उपलब्ध साहित्य, कुकिङ गाइड, एल्लो पेज, संविधान, लोडसेडिङ्ग तालिका, भ्याट क्यालकुलेटर, एस एम एस, उमेर क्यालकुलेटर, नाम सुझाव, मिति परिवर्तन, एकाई परिवर्तन, जग्गाको एकाइ परिवर्तन, प्रेरणादायी भनाइहरु भित्र राखिएको बताइएको छ। एक पटक डाउनलोड भएपछी बिना इन्टरनेट पनि चलाउन सकिन्छ भने नयाँ सामाग्रीहरुका लागि भने इन्टरनेट कनेक्सनको आवस्यकता पर्दछ।
 
के–के पाइन्छ त "डिजिटल नेपाल" मा ?
 
एफएम रेडियो
एफएम रेडियो सुन्ने पारखीहरुका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनलाइनमा उपलब्ध एफएम रेडियोलाई समेट्ने प्रयास गरेको छ । इन्टरनेटको पहुँचमा रहेर संसारको जुनसुकै कुनामा रहेर पनि आफ्नो गाउँ ठाउँको रेडियो सुन्न सकिने छ।
 
समाचार
नेपालमा हाल संचालनमा रहेका लोकप्रिय अनलाइन पत्रिकाहरुमा प्रकाशन भएका ताजा समाचारहरु एकै ठाउँबाट पढ्न सकिने सुविधा प्राप्त गर्न सकिनेछ । 
 
साहित्य
साहित्यप्रेमीहरुका लागि विभिन्न विधामा साहित्यिक सामग्री पढ्ने सुविधा उपलब्ध गराएको छ। ५००० भन्दा धेरै सामग्रीहरु अपलोड भइसकेका छन्।
 
कुकिङ गाइड
गृहिणीहरुका साथै नयाँ खानेकुरा बनाउन सौख भएकाहरुलाई लक्षित गरी विभिन्न खानेकुरा बनाउन आवश्यक सामग्री र बनाउने तरिका उपलब्ध गरएको छ।
 
एल्लो पेज 
नेपालमा रहेका विभिन्न संघ, संस्थाको नाम, ठेगाना, फोन नम्बर, इमेल र वेभसाइड ठेगाना साथै शाखाहरु भएमा तिनीहरुको विवरण पनि डिजिटल नेपालले उपलब्ध गराउने प्रयास गरेको छ।
 
संविधान
‘नेपालको संविधान’ लाई समेत मोबाइलबाटै अध्ययन गर्न सकिने व्यवस्था डिजिटल नेपालले गरेको छ ।
 
लोडसेडिङ्ग तालिका
हामीले गर्ने कतिपय दैनिक जीवनका कामहरु लोडसेडिङ्ग तालिका अनुसार नै परिवर्तन गर्नुपर्ने अवस्थामा कतिबेला विजुली आउने र जाने भन्ने कुराको जानकारीको लागि लोडसेडिङ्ग तालिकालाई पनि एप्समा समावेश गरिएको छ।
 
भूकम्प
२०७२ साल वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर गएको शत्तिशाली भूकम्पपछि लगातार पराकम्पन आइरहेका छन्। र हामी सबैलाई कहाँ, कहिले, कति रेक्टर स्केलको भूकम्प गयो भनेर खुलदुली हुने गर्दछ। यस खुलदुलीको निवारणको लागि पनि डिजिटल नेपालले प्रयास गरेको छ। तत्कालै गएको भूकम्प र विगतका भूकम्पको विवरण पनि यो मोबाइल एप्सले उपलब्ध गराउने छ।
 
दैनिक, साप्ताहिक, मासिक राशिफल 
हामी सबै थोर बहुत राशिफलमा विश्वास गछौँ। त्यसैले यस एपले पनि हाम्रो दैनिक, साप्ताहिक र मासिक राशिफल उपलब्ध गराएको छ। राशिफल आचार्य प्रवर दैवज्ञ ज्योतिष पं खगेन्द्र खनालले तयार पारेका छन्।
 
विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर के, कति रहेछ भन्ने कुराको चासो रहने गर्दछ । डिजिटल नेपालले यस कुरालाई पनि समावेश गरेको छ।
 
सुन, चाँदीको मूल्य
सुन, चाँदीको मूलय उतारचढाव क–कस्तो रहेको छ भन्ने कुराको जानकारी पनि डिजिटल नेपालबाट प्राप्त गर्न सकिनेछ।
 
भ्याट क्यालकुलेटर
हामीलाई कुनै सामानको मूल्य भ्याटबाहेक हो कि, भ्याट सहितको हो भन्ने कुरा हिसाब निकाल्न पर्यो भने एकछिन घोरिनु पर्दछ तर डिजिटल नेपालले यो कुरालाई सरल बनाइ दिएको छ।
 
एस एम एस
विभिन्न अवसरहरु जस्तै: जन्मदिन, वर्षगाँठ, शुभ विहानी, शुभरात्री तथा अन्य विभिन्न अवसरमा आदान प्रदान गर्न मिल्ने म्यासेजहरु समावेश गरेको छ। साथै म्यासेजलाई फेसबुक, ट्वीटर तथा एस एम एस पनि पठाउन सकिन्छ। 
 
उमेर क्यालकुलेटर
हामीलाई ठ्याक्कै आफू कति उमेरको भइयो भन्ने जान्न र भन्नलाई एकपल्ट गणना गर्ने पर्ने हुन्छ। तर यस एप्सले आफ्नो जन्म मितिबाट कुनै अर्को मितिको आफ्नो उमेर गणना गरी सहयोग गर्नेछ।
 
नाम सुझाव 
हिन्दू, बौद्ध, इस्लाम, क्रिश्चियन, मुस्लिम धर्मअनुसारको नाम र न्वारानको नामको अर्थलाई समेत समेट्ने प्रयास गरेको छ । यसबाट आ–आफ्नो नामको अर्थ र आफ्ना सन्तानको उचित नाम राख्नका लागि पनि उपयोगी हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ