arrow

टाटा मोटर्सको स्ट्रोम एलइटी नेपाली बजारमा

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
tata-moters.jpg.jpeg
काठमाडौं। टाटा मोटर्सले सफारी स्ट्रोम अन्तर्गतको शक्तिशाली नयाँ आविष्कार स्ट्रोम एल.इ.टि.=(Strome LET)लाई कम्पनीको ग्राहक केन्द्रित रणनीति होराइजोननेक्स्ट अन्तर्गत विभिन्न आकर्षक विशेषताहरु ड्राइभनेक्स्ट, कनेक्टनेक्स्ट सहित औपचारिक रुपमा नेपाल भित्र्याएको छ।
 
Strome LETमा भएको १५६ पि.एस. पावर र २.२ लि. भ्यारिकोर ४०० इन्जिनले ४०० एन. एम. को टर्क प्रदान गर्दछ। साथै यसमा भएको LSD (Limited Slip Differential)ले गाडीलाई जस्तोसुकै भूभागमापनि सहजतरिकाले चलाउन मद्दत गर्दछ। 
 
कम्पनीका अनुसार उक्त गाडीमा हर्मन प्रविधिमा आधारित ६ वटा स्पिकर र स्पीड अनुसारको आवाज नियन्त्रण गर्ने कनेक्ट नेक्स्ट इन्फोटेनमेन्ट सिस्टम छ। साथै chrome स्टाईल Garnish सहितको Bonnet र स्टाईलिस जाभा ब्याल्क लगायतका भित्री सजावटहरुले गाडीलाई थप आकर्षक एवं स्टाईलिस बनाएको छ।
 
उद्घाटन कार्यक्रममा बोल्दै, टाटा मोटर्स्, प्यासेन्जर भेहिकलबिजनेश यूनिट नेपालका कन्ट्री म्यानेजर श्री हेमन्त पुरानिकले नेपालको SUV सेग्मेन्टमा भइरहेको द्रुतगतिको विकासलाई मध्यनजर गर्दै उत्कृष्ट प्रदर्शन गर्ने क्षमतासहित अन रोड र अफ रोड दुवैका लागि उपयुक्त भ्यारिकोर ४०० इन्जिन र ६ स्पीड गियर बक्सयुक्त अत्याधुनिक स्ट्रोमएल.इ.टि.भि. एक्स लाई बजारमा ल्याएको बताए। 
 
सोही अवसरमा नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरकसिप्रदी ट्रेडिङ्ग प्रा.लि.का सि. ओ. ओ. राजनबाबु श्रेष्ठले नयाँ स्ट्रोम एल.इ.टि.२०० मि.मि. को उत्कृष्ट ग्राउन्ड क्लियरेन्ससहित एन्टि लक ब्रेकिङ्ग सिस्टम, इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्यूशन, क्रम्पलजोनहरु लगायत अन्य अत्याधुनिक विशेषताहरुले यात्रुहरुलाई पूर्ण रुपले सुरक्षित राख्न मद्दत गर्ने दावी गरे।  
 
उक्त सफारी स्ट्रोम भि. एक्स. ले १३ सेकेण्ड भन्दा कम समयमा ० देखि १०० कि.मि. प्रति घण्टा को पावर प्रदान गर्दछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ