arrow

खुर्सानीटार होलीमा प्रचण्ड : ‘न देउडाको भेउ पाए, न ताल मिलाउन सके’ (भिडियो सहित)

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
cmprachand-khursanitar-@.jpg.jpeg
काठमाडौं । सुदुरपश्चिमका एमाओवादी नेता तथा कार्यकर्ताहरु विहानै अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाट, खुर्सानीटार पुगे । सुदूरपश्चिममा विशेष महत्वका साथ मनाइने होलीको कार्यक्रम लिएर दाहाल निवास पुगेका नेता कार्यकर्ताले आफुमात्रै होली खेलेनन् । दाहाललाई समेत सुदूरपश्चिमकै भाषा, ताल (पैतल) मा होलीको देउडामा सामेल गराए । 
 
दाहालले देउडा भाषामा गाउन त जानेनन् नै, ताल (पैतल) समेत मिलाउन जानेनन् । दाहाल हात समातेर गोलबन्द भएकाहरुसंग ताल मिलाउन घरी आफ्नो खुट्टामा हेर्थे, आफ्नो दायाँ बायाँका साथीहरुलाई हेर्थे । ताल मिलाउन नजानेका दाहालले देउडामा निकै बेर कम्बर मर्काए । हल्ली पनि । देउडामा निकैबरे घुमेर थाकेका दाहालले सास फेर्दे भने, ‘तपाईहरुले नयाँ प्रक्रिया सुरु गर्नु भएको यसको लागि म बधाई तथा सुभकामना दिन्छु ।’  पर्व पनि मनाउने सकारात्मक पुनित कार्यलाई पनि संग संगै अघि बढाउनु भएको छ, यो निकै स्रहानिय कार्य हो । 
 
दाहालले भने,‘ आयोजक साथीहरुलाई धन्यवाद, जसले शहीद, वेपत्ता परिवारका छोराछोरीको पठन– पाठन तथा उनीहरुको व्यक्तित्व विकासका लागि यो विचार ल्याउनु भएको छ, यो निकै सकारात्मक पक्ष छ ।’ दाहालले नेपाल सानो देश भएपनि बहु जातीय, बहुभाषिक र बहुसाँस्कृतिक एवं विविधता युक्त देश हो । दाहालले थपे, ‘यस अर्थमा हामी धनी र सम्पन्न छौं ।’ होली सबैतिर मनाइन्छ तर, हामी कहाँ विविधता छ । तराई–मधेसमा एक किसिमले मनाइन्छ, थारुकाबीचमा एक किसिमले मनाइन्छ र पहाडीयाकाबीचमा एक प्रकारले मनाइन्छ । सवै समाजमा यसको महत्व छ ।  
 
सुदूरपश्चिममा होली पूर्णिमा अगावै दुई–तीन दिन पहिले नै होली मनाउने गरिन्छ । सुदूरपश्चिम नेपालमा राना थारू समुदायले पनि यो पर्वलाई होली पूर्णिमाको अघिल्लो दिन मनाउने प्रचलन छ । सुपको पहाडी जिल्लामा अझ यसको रौनक फरक छ । शिवरात्री देखि आरम्भ हुने होली पूर्णिमामा विसर्जन गर्ने चलन छ । रामायणमा आधारित भिभिन्न भक्ति भावयुक्त देउडा आपसमा हातमा हात, तालमा ताल मिलाएर खेल्ने चलन छ ।  
 
निवासमा भएको होली कार्यक्रममा अध्यक्ष दाहालले शहीद तथा बेपत्ता परिवारका छोराछोरीका लागि स्थापना गर्न लागिएको अक्षय कोषमा ५० हजार सहयोग गरे । २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने लक्ष्य लिइएको । रकम बैंक खातामा राख्ने र पारदर्शी ढंगले रकम खर्च तथा वितरण गर्ने एमाओवादी कञ्चनपुरका जिल्ला सदस्य ओमविक्रम भाटले जानकारी दिए ।
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ