arrow

सत्ताईस वर्षपछि भारत फर्किए छोटा राजन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2125703749.jpeg
मुम्बई । भारतीय कुख्यात अन्डरवल्र्ड डन छोटा राजन २७ वर्षपछि भारत फर्किएका छन् । भारतीय प्रहरी र अनुसन्धानका अधिकारीहरुले उनलाई शुक्रबार बिहान नयाँदिल्ली ल्याएका हुन् । राजनलाई इण्डोनेशियाको राजधानी बालीबाट प्लेन चार्टड गरी भारत ल्याइएको हो । 

भारतीय सञ्चारमाध्यमका अनुसार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि राजनले भारतको जमिनलाई चुम्बन गरेका थिए । उनले आफुलाई देशभक्तको रुपमा प्रस्तुत गरेको सञ्चारमाध्यमले जनाँएका छन् । उनलाई सीबीआईको हेटक्वार्टरमा राखिएको छ । 

छोटा राजनको सुरक्षालाई मध्यनजर गर्दै उनको डुब्लिकेट तयार पारिएको छ । मिडिया र सम्भावित हमलाकारीबाट उनलाई बचाउनका लागि डुब्लिकेट बनाएको जनाइएको छ ।
राजनलाई नयाँदिल्ली ल्याईने भएपछि बिहान चारै बजेदेखि दिल्ली एयरपोर्टको सुरक्षा व्यवस्था कडा पारिएको थियो । विहान करिब ५ बजेर ४५ मिनेट जाँदा विशेष विमान एयरपोर्टमा उत्रिएको थियो । राजनलाई कडा सुरक्षासहित बुलेटप्रुफ गाडीमा राखेर सीबीआई हेडक्वार्टर लगिएको थियो । हेडक्वार्टरमा सीबीआई र दिल्ली प्रहरीका वरिष्ठ अधिकारीहरु उपस्थित थिए । 

राजनलाई मंगलबार नै नयाँदिल्ली ल्याउने तयारी भए पनि इण्डोनेशियामा ज्वालामुखी बिष्फोटपछि आकाशमा बढेको तुवालोका कारण त्यहाँको सबै उडान क्यान्सिल भएर उनलाई ल्याउन सकिएको थिएन । छोटा राजनले भारत फर्किन लागेको कुराले आफु खुशी भएको बालीमा मिडियालाई बताएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ