arrow

फागुजात्रामा झडप, दुई गम्भीर

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
holi-new.jpg.jpeg
चितवन । दारेचोक गाविस–३ लामिडाँडाको फागु मेलामा गए राति दुई युवा समूहबीच झडप हुँदा तीन जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय सोराहाका १५ वर्षीय आशिक गुरुङ, १४ वर्षीय सुदीप गुरुङ र २१ वर्षीय हस्तबहादुर गुरुङ घाइते भएका हुन् । 
 
जसमध्ये सुदीप र हस्तबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । राति १ बजेको समयमा स्थानीय गुरुङ र मगर युवाबीच झडप भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ