arrow

संसदीय सुनुवाइ विशेष समितिको बैठक बिना निष्कर्ष टुङगीयो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
671184244.jpeg
काठमाडौँ। न्याय परिषद् सदस्यको संसदीय सुनुवाइका लागि आज बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक बिना निश्कर्ष टुङ्गीएको छ ।
 
न्याय परिषद् सदस्यमा प्रस्ताबित कानुन व्यवसायी रामहरि सिटौलाको संसदीय सुनुवाइमा समितिका सदस्यहरूबीच संबैधानिक प्रावधानका विषयमा एकमत हुननसक्दा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको समितिका सचिव धु्रव घिमिरेले जानकारी दिनुभयो ।
 
नेपालको संविधान २०७२को धारा २९२(२)अनुसार संघीय संसदको दुबै सदनका १५ सदस्यसहितको संयुक्त समिति रहने प्रावधान बमोजिम संसदीय सुनुवाइको प्रक्रिया पुरा नभएकाले केही सदस्यले प्रक्रिया अघि बढाउन नमिल्ने जिकिर गरेका थिए भने अन्य सदस्यले हालै पारित व्यवस्थापिका संसदको आन्तरिक कार्यविधि २०७२ को दफा ४१ बमोजिम प्रक्रिया अघि बढाउन सकिने जिकिर गरेका थिए ।
 
सो दफामा – यसमा जे कुरा लोखिएको छ सोही बमोजिम हुने र नलेखिए संविधानसभा(व्यवस्थापिका संसद) कार्यसञ्चालन नियमावली २०७० बमोजिम हुने कुरा उल्लेख छ ।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कानुन व्यवसायी सिटौलालाई नियुक्तिको लागि सिफारिस गरी संसदीय सुनुवाईका लागि व्यवस्थापिका संसदमा यही असोज १४ गते पत्र पठाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ